स्वर्णिम वाग्लेसहित यी दुई दर्जन नेताको नागरिकता छानविन गर्न माग गर्दै गृहमन्त्रालयमा निवेदन दर्ता
काठमाडौं। अर्थविद्ध तथा राष्टिय स्वतन्त्र पार्टीका नेता डा.स्वर्णिम वाग्लेसहित दुई दर्जन नेताको नागरिकता छानविनका लागि गृहमन्त्रालयमा निवेदन परेको छ।
नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले राजेन्द्र महतो, सरिता गिरी, सुजात कोइराला रेणु दाहाल, मिनेन्द्र रिजाललगायतका नागरिकताबारे प्रश्न उठेकोले आवश्यक छानबिनको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन्।
त्यस्तै,अनुराधा कोइराला,रेणु दाहाल पाठक,गंगा दाहाल प्रधान,पूर्वउपराष्ट्रपति परमान्द झा,देवेन्द्रराज कडेल,डा.नारायण खड्का,दिलेन्द्र बडूको समेत नागरिकता छानविन गर्न माग गरेका छन्। पौडेलले उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गर्न समेत माग गरेका छ।