यस्तो छ, ईसेवालाई पोस्ने भूमिगत ग्य्राण्ड डिजाइन असगर-कैलास सँगसँगै को-कसको गठजोड?
e-Sewa कम्पनीका मालिक हुन् अस्गर अली । आफू “पेप”- Politically Exposed Person भएको हुनाले अन्तराष्ट्रिय मुद्रा कोषले e-Sewa लाई कालो सूचीमा राख्ने भयले अन्तराष्ट्रिय मुद्रा कोष, नेपाल राष्ट्र बैंक तथा नेपाली वाणिज्य वैंकहरुको आँखामा छारो हाल्न e-Sewa बाट केही समय अगाडी राजिनामा गरेको भनेर कानूनी दस्तावेज मिलाउन सफल भएका छन् । अलीले अहिले e-Sewa मा आफ्नो Proxy ब्यक्ति खडा गरेर e-Sewa संचालन गरिरहेका छन् । यो तथ्यबाट समेत e-Sewa को वास्तविक मालिक अस्गर अली नै रहेको पुष्टि हुन्छ ।
- e-Sewa मात्र नभएर Data को व्यापार गर्ने extensodata नाम गरेको कम्पनी लगायत दर्जनौ आईटि कम्पनीका मालिक समेत उनै अली नै हुन् ।
- अर्थ मन्त्राएको बजेट बनाउने प्रणाली निर्माण गरेको तथा सरकारी भुक्तानी प्रणालीको सम्पूर्ण कारोबारको Track गर्ने सूचना प्रणाली निर्माण गरेको सफ्टवेयर कम्पनी Dry Ice Solution को मालिक हुन् सन्तोष भुषाल । अस्गर अली र सन्तोष भुषाल बालकुमारीस्थित National College of Information Technology(NCIT) मा सँगै पढेका साथी हुन् ।
- अस्गर अलीले वर्षौंदेखि राष्ट्रिय परिचयपत्रको ठेक्कामा आखा लगाएका थिए । केपि ओली प्रधानमन्त्री हुदा ओलीको IT सल्लाहाकार भई राष्ट्रिय परिचय पत्रको काम हत्याउन उनले निकै जोडबल गरेका थिए । राष्ट्रिय परिचय पत्रको काम हत्याउन उनको प्रयास असफल भएतापनि नेपाल सरकारका महत्वपूर्ण IT सम्वन्धी परियोजनाहरु हत्याउन उनै अली सक्रिए भएका थिए । अध्यागमनको Nepali Port लगायत अन्य महत्वपूर्ण सरकारी ठेक्काहरु अलीले आफ्नै कम्पनी, आफ्नै कर्मचारी तथा Proxy Company खडा गरेर हत्याएका थिए ।
- अस्गर अलीले आफ्नै कर्मचारीहरुलाई राष्ट्रिय सूचना प्रविधि केन्द्रमा नियुक्ति दिलाई “नागरिक एप” विकास गरी संचालनमा ल्याएका थिए । राष्ट्रिय परिचय पत्रको काम जति गरे पनि हत्याउन नसकेपछि राष्ट्रिय परिचय पत्रलाई Fail गराउने रणनीतिले उनले यो एप संचालनमा ल्याएका थिए ।
- नागरिक एप मार्फत् कारोवार हुने सम्पूर्ण डाटाहरुमा अलीको पहुँच प्रत्यक्ष रुपमा रहेको तथा नागरिक एपमा रहेका डाटाहरुको अद्रिश्य रुपमा कारोवार गर्ने गरेको जानकारहरु बताउछन् । यति मात्र नभएर नेपाली पोर्टको डेटामा समेत प्रत्यक्ष आधिपत्य जमाएका अलीले त्रिभुवन अन्तर्राष्ट्रि बिमानस्थल लगायत नेपालको सीमा नाका भएर नेपाल आवत जावत गर्ने सबैको निगरानी समेत गर्ने गरेको जानकारहरुले बताउने गरेका छन् । मूलत: भारतीय दूतावास र भारत सरकारका कुटनीतिक व्यक्तित्वहरु, अमेरिकन तथा यूरोपियन कुटनीतिज्ञहरुको आगमन र प्रस्थान उपर उनको गहिरो नजर र चाख रहने गरेको पाईन्छ । अलीले भारतीय दूतावास र भारत सरकारका कुटनीतिक व्यक्तित्वहरु, अमेरिकन तथा यूरोपियन कुटनीतिज्ञहरुको आगमन र प्रस्थानको जासूसी गरि सो को सूचना पाकिस्तानी दुतावास मार्फत् पाकिस्तान सरकारको खुफिया एजेन्सी आईएसआईको प्रयोजनको निमित्त बाड्ने गरेको चर्चा अध्यागमनका अधिकारीहरुले बेलावखतमा गर्ने गरेका छन् ।
- यसकै सुईको पाएर अन्तर्राष्ट्रिय जगतमा नेपालको छवी नै धुमिल हुने डरले गृह मन्त्रालयले नेपाली पोर्ट सफ्टवेयर हटाई बोर्डर कन्ट्रोल प्रणाली जडान गर्न वर्षौं देखि प्रयास गरेको भएतापनि सरकारको हरेक प्रयासलाई उनै अलीले असफल तुल्याईदिने गरेका छन् । जव जव बोर्डर कन्ट्रोल सिस्टमको कुरा आउछ सरकारी कर्मचारीको आवरणमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, अध्यागमन विभागलगायतका सरकारी निकायहरुमा अलीले मासिक तलव खुवाएर राखेका राखेका अलीका बफादार एजेन्टहरु सक्रिए भईहाल्छन् । यो क्रम विगत पाँच वर्षदेखि जारी नै रहेको छ ।
- अझ महत्वपूर्ण विषय त हाल अध्यागमन विभागमा अलीले आफ्ना हितैषी मित्र तथा बिजनेश पार्टनर अनुप न्यौपानेलाई अध्यागमनको IT Chief को रुपमा सरुवा गराएर ल्याएका छन् ।
- अस्गर अलीको ध्यान जहिले पनि सरकारी डेटाहरु भण्डारण हुने स्थल राष्ट्रिय परिचयपत्र, निर्वाचन आयोग, नेपाल टेलिकम, आन्तरिक राजश्व विभाग, यातायात व्यवस्था विभाग आदिमा नै रहने गरेको छ । हाल केपि ओली सरकारमा नरहेतापनि कुनै न कुनै रुपमा उक्त निकायहरुमा अलीको Penetration रहने गरेको जानकारहरु बताउछन् ।
रबि लामिछानेसँग कसरी जोडिए त अस्गर अली र सन्तोष भुषाल ?
- राष्ट्रिय परिचय पत्रको विवरण प्रमाणीकरण गर्ने काममा अस्गर अली र सन्तोष भुषालको गहिरो रुची रहेको थियो । यो काम आफूले हत्याउन उनीहरुमा तीव्र आशक्ति ( Desperation) समेत रहेको थियो ।
- सन्तोष भुषालले निजामती कितावखानाको “पिआईएस” प्रणालीको मर्मत संधार गर्ने सम्वन्धी ठेक्काको जिम्मेवारी पाएका थिए । यो काममा भुषाललाई भित्री सहयोग निजामती किताव खानामा काम गर्ने तत्कालीन निर्देशक तथा हाल राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले गरेका थिए । सन्तोष भुषाल र रुद्रप्रसाद पण्डितको कसिलो सम्वन्ध त्यतिवैलै विकास भएको थियो । नाताले भुषाल र पण्डित साला-भिनाजु समेत पर्छन् ।
- राष्ट्रिय परिचयपत्रको प्रमाणीकरण सम्वन्धी काम हत्याउनको लागि राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागमा पण्डितलाई ल्याउन “अलि-पण्डित-भुषाल” गठबन्धन छोटकरीमा “अपभू” तीव्र रुपमा विकास भईरहेको थियो ।
- “अपभू” गठबन्दनको सल्लाह मूलत: पंजीकरण विभागले कुनै अमूक संस्थालाई दिएको प्रमाणीकरण सम्वन्धी कामको इजाजतपत्र रद्द गर्ने, कार्यविधि खारेज गर्ने, कर्मचारीलाई छानविनको नाममा तर्साउने , नयाँ कार्यविधि बनाई अलि-भुषालको कम्पनीलाई इजाजतपत्र दिने रहेको थियो । यो कार्य गरेबापत् हरेक माईलस्टोन पूरा गरेपछि किस्ताबन्दीमा करोडौं रकम पण्डितलाई दिने सहमति “अलि-पण्डित-भुषाल”-“अपभू” गठबन्धनवीच भएको थियो ।
- प्रचण्ड प्रधानमन्त्री भएपछि “अली-भुषाल”को काम फेत्तेह गर्न सक्ने पण्डित भन्दा उपयुक्त पात्र अरु हुन नसक्ने निर्क्यौल गरि “अली-भुषाल” ले पण्डितलाई Launch गर्न तयारी अवस्थामा राखेका थिए ।
- माओबादी कर्मचारी संगठन निकट पण्डित राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको महानिर्देशकको पदमा आउन उपयुक्त समयको पर्खाईमा रहेका थिए ।
- जब पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए, गृह मन्त्रीबाट रबी लामिछाने बाहिरिए र प्रचण्ड स्वयम्ले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले तव पण्डितले म काम देखाउँछु, म राष्ट्रलाई योगदान दिन्छु, “राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग” मा गएर ईमान्दारीसाथ काम गर्छु भनी प्रधानमन्त्रीका निजी सचिव नवराज ढुंगानालाई आश्वास्त पारे ।
- नवराजले पनि आफ्नो नजिकको मित्र, राम्रो काम गर्छु, राष्ट्रलाई योगदान गर्छु भनेपछि पण्डितलाई नाई भन्न सकेनन् । अनि नवराजको सिफारिशमा रुद्रप्रसाद पण्डित राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको महानिर्देशकको भूमिकामा पंजीकरण विभागमा भित्रिए । यसरी “अपभू” गठबन्दन विभागमा औपचारिक रुपमा नै भित्रियो ।
- राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको महानिर्देशकको पदमा बहाली भएको भोलीपल्टदेखि नै अली र भुषालबाट पण्डितले पाएको पूर्ववत कार्यादेश अनुसार आफ्नो सक्रियता अगाडी बढाई हाले ।
- सर्वप्रथम ईजाजतपत्रका सम्पूर्ण सरकारी दस्तावेजहरु पण्डितले आफ्नो नियन्त्रणमा लिए । उक्त दस्तावेजका दर्जनौं फोटोकपिहरु तयार पारेर उक्त दस्तावेजको कपि “अलि-भुषाल” को मा पुर्याए । “अली-पण्डित-भुषाल” ले उक्त सरकारी दस्तावेजहरु सामूहिक रुपमा अध्ययन गरिसकेपछि भावी रणनीति तयार पारे । सोही रणनीति मुताविक “अली-भुषाल” को Green Signal पाएपछि पण्डितले आफ्नो सक्रियता गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा बढाए ।
- गृहसचिव, गृह मन्त्रालयका सहसचिवहरु सबैलाई कार्यविधि र इजाजतपत्रमा गलत भएको छ, राज्यद्रोह भएको छ, भ्रष्टाचार भएको छ”- म काम गर्न सक्दिन, म कुर्सी छोड्न तयार छु भनि कार्यविधि र इजातपत्र खारेज गर्नुपर्छ भनि आश्वास्त तुल्याउन खोजे । सुरुमा गलत नै हो कि त भनि चासो लिएको गृह मन्त्रालयको कर्मचारी संरचनाले पछि पण्डित स्वार्थबस र नियतबस इजाजतपत्र तथा कार्यविधि रद्द गर्न लागेको बुझेर उनको कुरा सुन्नै छाडेको थियो ।
- यसरी गृह मन्त्रालयलाई प्रयोग गरि कार्यविधि र इजाजतपत्र रद्द गरी अली-भुषालबाट पहिले नै कबुल गरि समझदारी गरेको मोटो रकम प्राप्त गर्ने आफ्नो मनोइच्छा पूरा हुने नदेखि आफ्नो “Plan-A” ले फेल खाएको निश्कर्षमा पुगेपछि पण्डितसँग Backup Plan को रुपमा “Plan-B” र “Plan-C” समेत रहेको थियो ।
- पण्डितको “Plan-B” को रुपमा प्रयोग हुने अर्को सरकारी निकाय थियो: ” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय” । पण्डितले आफ्नो सक्रियता प्रधानमन्त्री कार्यालयमा तीव्र पारे । गृह मन्त्रालयकै Model लाई प्रधानमन्त्री कार्यालयमा समेत पुनर्प्रयोग गर्न थाले । अर्थात् प्रधानमन्त्री, प्रधानमन्त्रीका परिवार र सल्लाहकारहरुकोमा धाउने । इजाजतपत्रको फोटोकपि बाड्ने । निरन्तर उनीहरुको मगजमा कार्यविधि र इजाजतपत्रको सम्वन्धमा नकारात्मक एवम् सत्यजस्तो पनि लाग्ने तर झुट कुराहरु भरिरहने । अर्थात् Brain Wash गर्ने ।
- यसरी प्रधानमन्त्री पुष्पकमल दाहाल, गंगा दाहाल र प्रधानमन्त्रीका सल्लाहकारहरुलाई समेत फोटोकपि उपलब्ध गराई “यसमा गलत भएको छ, राज्यद्रोह भएको छ, भ्रष्टाचार भएको छ”- म काम गर्न सक्दिन, म कुर्सी छोड्न तयार छु भनि Emotional Blackmail गरिरहे ।अनेक कुतर्कहरु गरी प्रधानमन्त्री र उनका आसेपासेहरुलाई एउटै कुरा बराबर भनी उनीहरुको “ब्रेन बास” गरिरहे । यसरी प्रधानमन्त्री कार्यालयमा Individual Level मा Brain Wash गरिसके भन्ने लागेपछि पण्डितले आफ्नो Plan-B लाई फत्तेह गर्न सामूहिक Brain Wash गर्ने नीति लिए ।
- पण्डितको “Plan-B” करीव करीव सफल नै भईसकेको थियो । मनमनै पण्डित “Plan-B” ले काम गरेको देखेर दंग समेत थिए । कार्यविधि र इजाजतपत्र खारेज गरिदिएबापत “अली-भुषाल” ले दिने मोटो रकमको प्रलोभनले पण्डितको चित्त अधीर भईसकेको थियो ।
- एकदिन पण्डितले आफ्नै जोडबलमा प्रधानमन्त्री प्रचण्डको कार्यकक्षमा मुख्य सचिव, गृह सचिव, कानून सचिव, पंजीकरण विभागका कर्मचारीहरु, प्रधानमन्त्रीका सल्लाहकार समूहका पदाधिकारीहरुको वैठक बसाले । उक्त वैठकमा उनले आफ्नो पुरानो सुगा रटाई दोहोर्याईरहे । “यसमा गलत भएको छ, राज्यद्रोह भएको छ, भ्रष्टाचार भएको छ”- म काम गर्न सक्दिन, म कुर्सी छोड्न तयार छु, गृह सचिव लगायतका यसमा संलग्न सबै कर्मचारीलाई कारबाही गरिनुपर्ने आदि आदि ।
- मुख्य-सचिव र कानून सचिवले प्रत्यक्ष हस्तक्षेप गरेपछी हाललाई कार्यविधि सम्वन्धी काम अगाडी नबढाउने भनि प्रचण्डले निर्देशन दिएपछि पण्डित हिस्स परेका थिए । हिस्स पर्नुको कारण थियो: त्यही बैठकबाट नै पण्डितको योजना मुताविक प्रचण्डको मुखबाट कार्यविधि र इजाजतपत्र रद्द गर्ने भनि निर्देशन आवोस् भन्ने । मुख्य सचिव र कानून सचिवको हस्तक्षेपले प्रचण्ड सन्तुलित भएकोले आफ्नो Plan-B ले समेत राम्रोसँग काम नगरेकोले पण्डित करीव करीव विचलित हुन पुगेका थिए । यत्रो गर्दा पनि कार्यविधि र इजाजतपत्र खारेज गरिदिएबापत “अली-भुषाल” ले दिने मोटो रकम नपाईने भइयो भनेर उनको Anxiety Level ह्वात्तै बढेको थियो ।
- तैपनि पण्डितले हरेस खाएनन् । Plan-B मै रहेर आफ्नो योजना पूरा गर्ने मनसायले पण्डितले अन्तिम पटक कार्यविधि र इजाजतपत्र रद्द गर्न मन्त्रिपरिषद् बाट छानविन गर्नुपर्छ भनि प्रधानमन्त्री, मुख्य सचिव, प्रधानमन्त्रीको सल्लाहकार समूह तथा प्रधानमन्त्री कार्यालयका पदाधिकारीहरुसमक्ष हारगुहार गरे । प्रधानमन्त्री कार्यालयले पण्डितको दलिल उपर खासै दम नदेखिपछि पण्डित दोश्रो पटक निराश भयो । कार्यविधि र इजाजतपत्र खारेज गरिदिएबापत “अली-भुषाल” ले दिने मोटो रकम नपाईने भइयो भनेर पण्डितमा छटपटाहट झनै तीव्र भयो ।
- पण्डितले हरेस खाएनन् । अब “अभूप” गिरोहको अन्तिम बिकल्पको रुपमा Plan-C मात्र बाँकी रहेको थियो । पण्डित Plan-C फत्तेह गर्न कम्मर कसेर लागे ।
के हो त Plan-C ?
- स्मरणीय यो छ कि e-Sewa कम्पनीको शेयरको महत्वपूर्ण हिस्सा कान्तिपूर पब्लिकेशनको रहेको छ । यो सबैलाई सार्वजनिक रुपमा नै थाह भएको, कुनै नौलो विषय नै रहेन । e-Sewa कम्पनीमा कान्तिपूर पब्लिकेशनको तर्फवाट कान्तिपूर पब्लिकेशनका मालिक कैलाश सिरोहियाको एकमात्र पुत्र सम्भव सिरोहियाले प्रतिनिधित्व गर्छन् ।
- सम्भव र अस्गर अली साथी साथी । अस्गर अलीले Plan-C को नालीबेली सम्भवलाई सुनाए । सम्भवलाई मनाउन राष्ट्रिय परिचयपत्रको प्रमाणीकरण सम्वन्धी कार्यविधि खारेज गरी इजाजतपत्र समेत हत्याई आफूले इजाजतपत्र दिने र उक्त कार्य वापत् संभवलाई समेत भारी मात्राको शेयर दिने लोभलाग्दो प्रलोभन अलीले सम्भवलाई दिए । सम्भव अलीको Plan-C मा तुरुन्तै राजी भईहाले । पिताजी कैलाशलाई पुत्र संभवले समेत अलीको योजना सुनाएपछि पिताजी कैलाशले समेत संभवलाई Plan-C को लागी Green Signal तुरुन्तै दिईहाले ।
- यसपछि कान्तिपुर पब्लिकेशनको होल समूह नै Plan-C अन्तर्गतको मिशन फत्तेह गर्न तुरुन्तै सक्रिय भइहाल्यो ।
- अलीले सर्वप्रथम पण्डित र कान्तिपूर पब्लिकेशनको सम्पादक समूहको वैठकको आयोजना गरे । उक्त वैठकमा पण्डितले कार्यविधि, इजाजतपत्र र यससँग सम्वन्धित सम्पूर्ण प्रक्रियाका फाईलहरु कान्तिपूरका सम्पादक समूहलाई हस्तान्तरण गरे ।
- कार्यविधि रवी लामिछानेले स्वीकृत गरेको हुनाले यो मुद्दालाई रवी लामिछानेसँग जोड्दा उपयुक्त हुन्छ र यसो गर्न सकेमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कंग्रेज, एमालेको पनि यो मुद्दामा समर्थन प्राप्त हुन्छ भनि पण्डितले नै कान्तिपुरको सम्पादक समूहलाई सुझाव दिए ।
- यसको फलस्वरुप तीन-चार दिनसम्म धारवाहिक रुपमा समाचार निकाल्ने सहमति पण्डित र कान्तिपुरको सम्पादक समूहको वीचमा भयो । News Content का लागि मिथ्या सूचनाहरु कान्तिपुरलाई पण्डितले नै प्रवाह गरिराखे । यसरी सम्पादकीय लगायतका तीन चारवटा न्यूज कन्टेन्टहरु तयार भईसकेपछि पालो थियो Plan-C को परीक्षण गर्ने ।
- कान्तिपुरले पण्डितले नै उपलब्ध गराएका सूचना, दस्तावेज र सामग्रीहरुलाई आधार मानेर कार्यविधि, इजाजतपत्र रद्द गर्न सरकारलाई दवाव दिने उद्देश्यले प्रधानमन्त्री प्रचण्डलाई समेत निर्णय गर्न सजिलो होस् भनि रवी लामिछानेलाई समेत मुछेर धारावाहिक रुपमा समाचार निकाल्न थाल्यो ।
- Plan-A र Plan-B को दौरान खासै मतलब नगरेका प्रधानमन्त्री प्रचण्डले कान्तिपुरमा समाचार आएपछि र यसमा रवी लामिछाने जोडिएपछि चासो व्यक्त गरे । यो वीचमा पण्डितले प्रधानमन्त्री उपर कार्यविधि एवम् इजाजतपत्र रद्द गर्न दवाव झन् झन् बढाउदै लगे ।
- यसैगरी गृह सचिव, गृह मन्त्री एवम् गृह मन्त्रालयका पदाधिकारीहरुलाई समेत यत्रो पत्रिकामा समाचार नै आईसक्यो । मैले पैले दखि नै भनेको हो । यो कार्यविधि हानिकार छ । यो राज्यद्रोही छ । यसमा भ्रष्टाचार छ । यस्ता कुराहरु बारम्बार दोहोर्याए ।
- प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव आदि कोहिपनि वास्तविकता बुझ्नतिर अग्रसर भएनन् । उनीहरुमा साँच्चिकै यसमा ठूलो गडबडी भएको । यत्रो कान्तिपुरले समाचार छापेको छापै छ । पण्डितजीले त पहिले देखि नै भन्दै आईरहेको थियो । हैट, गलत नै रहेछ भनेर मानसपटलमा मनोवैज्ञानिक त्रास(Hoax) ले जन्म लियो । वास्तवमा कार्यविधि के हो ? के भएको हो? भनेर कसैले पनि In Depth मा जाने भन्दा पनि पण्डितजीले प्रधानमन्त्री, गृह मन्त्री, गृह सचिवको मनमा रोपिईदिएको शंका, नकारात्मकता र कुतर्क आदिको विष झन् झन् मौलाउदै गयो ।
- अन्तत: प्रधानमन्त्री र गृह मन्त्री पण्डितको योजना मुताविक नै कार्यविधि खारेज गर्ने, इजाजतपत्र रद्द गर्न निष्कर्षमा पुगे ।
- गृह सचिवलाई समेत कार्यविधि र इजाजतपत्र खारेज मन्त्रिपरिषद्ले गरिहाल्छ । तपाईले किन टन्टा लिनुहुन्छ ? यस्तो विवादित विषयमा भनि पण्डितले अन्ततोगत्वा Convince गराए । सोझा गृह सचिव धुर्त पण्डितको मीठो शब्दमा तुरुन्तै सहमत भईहाले । अनि कार्यविधि र इजाजतपत्र खारेज गर्ने सम्वन्धी प्रस्ताव मन्त्रिपरिषद् मा तुरुन्तै पठाइपनि हाले । सोझा गृह सचिवलाई कुटिल पण्डितको भित्री चालबाजीको कुनै गन्द नै थिएन ।
- के थियो त पण्डितको भित्री चालबाजी ? पण्डितको भित्री चालबाजी भनेको गृह सचिवलाई विभागीय कारवाही गर्ने रहेको थियो । किनकि पण्डितको Plan-A गृह सचिवले नै असफल पारिदिएका थिए । यसैको रिसवी पण्डितले गृह सचिव उपर साध्नु थियो । त्यसैले गृह सचिवलाई कार्यविधि र इजाजतपत्र रद्द गर्न प्रस्ताव त पठाउन लगाए । मन्त्रिपरिषद् मा रेखा शर्मा लगायतका अन्य मन्त्रीहरुलाई यसमा संलग्न कर्मचारीहरुलाई कारवाही गर्नुपर्छ भनेर जोडतोडका साथ कुरा उठाउनु होला भनि तयारी अवस्थामा समेत राखेका थिए ।
- मन्त्रीहरुले कार्यविधि र इजाजतपत्र रद्द गर्ने निर्णय मात्रै गरेनन् कि यस प्रकरणमा संलग्न गृह सचिव लगायत गृह मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई कानूनी कारवाही गर्ने षड्यन्त्रलाई समेत फत्तेह गरे ।
- यसरी Plan-A, Plan-B मा असफल भएका पण्डित Plan-C मा आएर भने सफल भएका छन् ।
- कार्यविधि र इजाजतपत्र खारेज गरिदिएबापत “अली-भुषाल” ले दिने मोटो रकमको लालसाले पण्डितको चित्तमा काउकुती तीव्र गतिले लगाएको स्पष्ट बुझ्न सकिन्छ ।
- मन्त्रिपरिषद् बैठक सम्पन्न भएको तीन दिनसम्म उनी निरन्तर रुपमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय धाएको धायै छन् । मन्त्रिपरिषद् ले समेत पण्डितको हातमा उक्त निर्णय दिन आनाकानी गरिरहेको छ ।
- “अली-भुषाल” बाट कार्यविधि र इजाजतपत्र रद्द गरिदिएवापत् पण्डितले प्राप्त गर्ने Payment को Due ३ दिन ले Delay हुन गएको छ ।