कांग्रेसले दियो रवि लामिछानेविरुद्ध उजुरी
काठमाडौं। नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी दिएको छ।
रवि लामिछानेले आचारसंहिता विपरीत कार्यहरु गरेको भन्दै कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले लामिछानेको उम्मेदवारी खारेजीको माग मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नम्बर २ मा उजुरी दिनुभएको छ।
पोखरेलले लामिछाने र प्रमुख जिल्ला अधिकारीलाई कारवाहीको माग गर्नुभएको छ।
मतदानको समयमा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट रविले मत मागेको अडिओरभिडिओ सार्वजनिक भएको तथा आचारसंहिता विपरीत विभिन्न मतदानस्थलमा हुल गरि मतदातालाई प्रभावित पारेको भन्दै उजुरी गरेको छ।