उपनिर्वाचनको परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दियो: महामन्त्री शर्मा
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन्।
महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुसार आफूलाई बदल्नुपर्ने बताएका छन्।
मतदातालाई सम्मान प्रकट गर्दै महामन्त्री शर्माले पार्टी रुपान्तरणमा नयाँ ढंगले जुट्ने पनि बताएका छन्।
उपनिर्वाचनमा कांग्रेसले तनहुँ-१ र चितवन-२ मा उम्मेदवारी दिएको थियो।
दुबै क्षेत्रमा कांग्रेस पराजित हुनुले पार्टीमा रूपान्तरणको जरूरी रहेको बताएका हुन्।
उनले लेखेका छन्
उपचुनावमा विजयी मित्रहरूलाई बधाई तथा शुभकामना !
परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ ! देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफुलाई बदल्नुछ ! नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी ! आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ! जय नेपाल !