कांग्रेस र एमालेको सत्ता सहकार्यको कुनैपनि सम्भावना छैन: नेता कार्की
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनैपनि सम्भावना नरहेको बताएका छन्।
सडक शिलान्यासका लागि इनरुवा पुगेका कार्कीले कांग्रेस र एमाले मिल्ने आँकलन सहितका टिका टिप्पणी सुनिने गरेको भएपनि त्यसमा सत्यता भने नरहेको बताएका हुन्।
उनले एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने बताए। उनले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने बताए। उनले केन्द्रमा नेतृत्व परिवर्तन भएझैँ प्रदेशमा पनि नेतृत्व परिवर्तन हुने बताए।
नेता कार्कीले असारको बजेट अगावै कोशी प्रदेशमा समेत सरकारको नेतृत्व परिवर्तन हुने बताए।