सत्ता गठबन्धन दलको बैठक बस्दै

काठमाडौं। सत्तारुढ गठबन्धन दलको बैठक बुधबार बस्दै छ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम, बजेट र सरकारलाई पूर्णता दिने लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।