दोषी बचाउन ओलीको नाङ्गो नाच,टोपबहादुरलाई पक्राउ नगर्न प्रधानमन्त्रीसँग हारगुहार

फाइल तस्बिर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी पक्राउबारे छलफल भएको थियोे।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीबीच कुराकानी भएको थियोे।

त्यसक्रममा अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा नेता रायमाझीको संलग्नताबारे चासो राखेका थिए ।

 जवाफमा प्रधानमन्त्रीले उक्त प्रकरणमा रायमाझीको संलग्नता भेटिएको बताएपछि। प्रधानमन्त्रीको भनाइ सुनेपछि ओलीले दोषी भए कारबाहीका लागि सहयोग गर्ने तर निर्दोष फस्न नहुने बताएका थिए ।

‘दोषी उम्काउने हाम्रो प्रयास होइन तर निर्दोष फसाउन खोजियो भने हामी सहन्नौँ,एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तापछि सिंहदरबारमा सञ्चारकर्मीसँग भने।

पूर्वप्रधानमन्त्री ओलीले भुटानी शरणार्थीलाई अमेरिकामा सेटलमेन्ट गर्नेबारे अमेरिकी सरकारसँग भएको सहमतिअनुसार केहीबाहेक सबै अमेरिका पुगेको समेत बताएका छन्। बाँकी रहेकाहरूको सन्दर्भमा के गर्ने भन्नेबारे आफू प्रधानमन्त्री हुँदा छलफल भएको उनको भनाइ छ ।

भुटानी शरणार्थीबारे ओलीले भने,त्यतिबेला भुटानमै फर्काउने वा नेपालमै राख्ने भन्नेबारे समेत कुराकानी र छलफल हो।

उनले पछि नक्कली शरणार्थी खडा गर्ने कोसिस भएको आफूले जानकारी पाएको भन्दै त्यसबेला तत्कालीन गृहमन्त्री र अनुसन्धानका प्रमुखलाई बोलाएर यसबारे सचेत गराइएको समेत जानकारी दिए ।

४ वर्षअघिको कुरा अहिले बाहिर आएको भन्दै ओलीले ‘एउटा सांसद र पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनुपर्ने अवस्था आयो? भन्दै प्रश्न समेत गरेका छन्।

ओलीले आफूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने एमालेका अध्यक्ष ओलीसंग यसबारे कुनै पनि छलफल नभएको दाबी गरेका छन्।प्रधानमन्त्रीले यस्ता तत्वलाई कानुनी कारबाही गरि छाड्ने बताएका छन्।