सिंहदरबारमा प्रचण्ड–ओलीबीच दोस्रो पटक भेटवार्ता,टोपबहादुरलाई जोगाउन ओलीको हारगुहार
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ। नक्कली शरणार्थी प्रकरणपछि ओली तीन दिनमा दोस्रोपटक प्रधानमन्त्री भेट्न सिंहदारबार पुगेका छन्।
अहिले दुई नेताबीच भेटवार्ता जारी रहेको स्रोतले बतायो। शरणार्थी प्रकणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि ओलीले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।
दुई दिनअघि भएको भेटमा उनले एमाले नेताहरुलाई अनावश्यकरुपमा मुछ्न खोजेको भन्दै असन्तुष्टि जनाएका थिए।