काठमाडौं महानगरपालिकाले अव्यवस्थित तार आजदेखि हटाउँदै
काठमाडौं। आजदेखि काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार काट्ने कार्यको सुरु हुँदैछ ।
प्राधिकरणले सडकका पोलहरुमा अव्यवस्थित गुजुल्टो परेको, झुण्डिएको, लत्रिएको तारहरुले शहरको सौन्दर्यता बिगारेको तथा दुर्घटनाको जोखिम बढाएकाले अव्यवस्थित तारहरुको व्यवस्थापन गर्न लागेको हो।
आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गरिने भएको हो ।
प्राधिकरणले तय गरेको रुट अनुसार आज पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तारहरु व्यवस्थित गरिने छ।