बाजुरा केन्द्रविन्दु भएर पुनः भूकम्प

काठमाडौं। बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहिबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो।

खानी तथा भूगर्भ विभागले हालसालै तयार पारेको भूकम्पीय जोखिम नक्सा (एसएचएम)मा पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नआएकाले त्यो क्षेत्रलाई पनि भूकम्पको बढी जोखिमयुक्त क्षेत्रको रूपमा औंल्याइएको छ।

५०० वर्षदेखि ठूलो भूकम्प नगएकाले पश्चिम नेपाल बढी जोखिममा रहेको वरिष्ठ भूकम्पविद डा.लोकविजय अधिकारी बताउँछन्।