ओली भने २०४७ सालदेखिका सबै भ्रष्टाचारमाथि छानविन हुनुपर्छ

फाइल तस्वीर

काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०४७ सालदेखिका सबै भ्रष्टाचारको छानविन हुनुपर्ने बताउनुभएको छ।

बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा फिल्म देखाउन बाँकी नै रहेको पनि अध्यक्ष ओलीले बताउनुभयो ।

धेरै ठूलो संख्यामा ठगी भएपछि मात्र अहिले नक्कली शरणार्थी प्रकरण छताछुल्ल भएको उहाँको टिप्पणी छ। भ्रष्टाचार हुना साथ छानविन गर्ने र कारबाही गर्ने व्यवस्था गर्नु पर्नेमा उहाँको जोड छ।

एमाले सधैं भ्रष्टाचार विरोधि पार्टी भएकोले यो मात्र होइन अन्य भ्रष्टाचारको पनि छानविन गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ रहेको छ। अब भ्रष्टाचार अन्त्य गर्न अन्य फाइलहरू पनि खोल्नु पर्ने बेला आएको उनले बताए।