एमाले अध्यक्ष ओली सच्चिएर आए पार्टी एकता हुन्छ: अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गलत गर्न खोजे साथ दिन नसकिने स्पष्ट पारेका छन्।
पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले शरणार्थी प्रकरणमा अहिलेसम्म सरकारले राम्रो काम गरेको र पार्टीको समर्थन रहेको भन्दै गलत काम गर्न खोजे साथ दिनुपर्छ भन्ने बाध्यता नरहेको बताएका हुन्।
उनले उक्त प्रकरणमा सरकारले खुट्टा कमाउन नहुने भन्दै जुनसुकै ओहोदामा रहेका व्यक्तिलाई पनि उन्मुक्ति दिन नहुने धारणा राखे।
देशद्रोही काममा कम्युनिष्ट भनिएका व्यक्तिहरु नै संलग्न हुनु लाजमदो कुरा भएको उनले बताए। त्यस्तै अध्यक्ष नेपालले सत्तामा बसेका माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको बताए।
उनले अहिले पनि नेकपा व्युताउन तयार रहेको भन्दै एमाले अध्यक्ष केपी ओली सच्चिएर आए एकै ठाउ बस्न सकिने जिकिर गरे।
ओली पहिले सच्चिनु पर्छ त्यसपछि पार्टी एकता गर्न के ठूलाे कुरा हुन्छ तर म ओली सच्चिने कुनै पनि छाट्काट देखेकाे छैन उनले भने।
उनले अहिले राजावादीहरुले टाउको उठाउन थालेकाले कम्युनिष्टहरुको जिम्मेवारी बढ्दै गएको उल्लेख गरे।