देशको बेइज्जत गर्ने देशद्रोही भ्रष्टाचारीहरूलाई कुनै हालतमा छोडि्न: गृहमन्त्री श्रेष्ठ
![](https://www.hamroonline.com/wp-content/uploads/2023/01/Narayan-kaji-Shrestha.png)
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण देशलाई बेइज्जत गर्नेगरी राज्य विरुद्ध गरिएको अपराध भएको बताएका छन्।
आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाइ बेच्ने गिरोहमा संलग्न देखिएका सबैलाई कारवाही गर्ने समेत उनको भनाइ छ।
आइतवार प्रेस सेन्टर नेपालका प्रतिनिधिहरुहरु संग सिंहदरवारमा अन्तरक्रिया गर्दै उनले निर्दोष नपर्ने र दोषी उम्कन नसक्ने जिकिर गरे।
नेकपा(माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले यो गिरोहमा आफ्नै पार्टीका परेपनि नछाडिने प्रतिवद्धता पनि प्रकट गरेका छन्।
देशको बेइज्जत गर्नेहरु कुनै पार्टीका पनि हुदैनन्, यस्ता भ्रष्ट र देशद्रोही जोकोही भएपनि कारवाहीबाट उम्किन सक्दैन। उनले भने।
आफूलाई प्रधानमन्त्री प्रचण्डको दरिलो साथ र निर्देशन प्राप्त भएको भन्दै उनले भ्रष्टाचार र कमिसनको नेक्सस तोडेर नै छोड्ने उद्घोष समेत गरे।
देशमा सुशासन र सम्वृद्धिको बाधक बनेका कमिसन र भ्रष्टाचारका नेक्सस पूरै तोड्छौ।
उनी दृढ देखिए । आफूले प्रहरीलाई निर्धक्क अनुसन्धान गर्न र प्रमाण बमोजिम कानुनी कारवाही अघि बढाउँन निर्देशन दिएको उल्लेख गर्दै उनले राजनीतिक दबाब र प्रभावमा प्रहरी नरहेको प्रष्ट पारे।