भुटानी शरणार्थी प्रकरणका दुइ हस्ति रायमाझी र खाँणसँग आज पनि बयान लिइँदै

फाइल तस्वीर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार पनि बयान लिइने भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लिएको बयान नसकिएपछि दुवै जनासँग मंगलबार पनि बयान लिइने छ।

खाँणसंग सोमबार लिएको बयान नसकिएपछि आज पुनः बयान लिएर आजै साँझसम्ममा फाइल तयार गर्न प्रहरीलाई भनिएको छ।

फाइल फाेटाे

यस्तै रायमाझीसंग पनि सोमबार प्रारम्भिक बयान लिइएको छ। रायमाझीले सोमबारनै बयान सक्न चाहेकोमा खाँणको बयान बाँकी रहेकाले आज एकै पटक बयान सकेर फाइल गरिने बुझिएको छ ।

रायमाझी गत आइतबार राती पक्राउ परेका हुन। भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वयसहित १३ जना अहिले प्रहरी हिरासतमा रहेका छन्।

रायमाझीलाई गत बैशाख २० मा पक्राउ पुर्जि जारी गरिएकोमा उनी फरार भएका थिए। उनका छोरा सन्दिपलाई पनि यो प्रकरणमा बैशाख २० नै पक्राउ पुर्जि जारी गरिएकोमा उनी भने त्यतिबेलै पक्राउ परेका थिए।