प्रधानमन्त्री प्रचण्ड र बाबुरामबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता जारी रहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र भट्टराईबीच भेटवार्ता जारी रहेको हो।
बालुवाटार स्रोतका अनुसार भेटमा भुटानी शरणार्थी प्रकरणलगायत देशको समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको बताएको छ। भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निकृष्ट अपराधको संज्ञा दिँदै आएका छन्।
सर्वोच्च अदालतले पनि सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा नहुने फैसला गरेपछि पूर्वप्रधानमन्त्री भट्टराईले बुधबार बिहान सामाजिक सञ्जाल लेख्दै विरोध गरेका छन्।
उक्त निर्णयप्रति आक्रोश पोख्दै डा। भट्टराईले अदालत र न्यायाधीशले पुरानारविद्यमान कानुन नजिर, सोच राखेर ‘अपराध’को परिभाषा गर्ने र अपराधीलाई दण्ड सुनाउँने गरेको भनेर आक्रोश व्यक्त गरेका हुन्।