सुमेरु सेभिङ्गको जिम्मेवार बिहीन बन्नु भएका महर्जन पाँच वर्षदेखि निरन्तर समाज सेवामा समर्पित

काठमाडौं। ललितपुर धापाखेल निवासी भरत महर्जनले समाजसेवामा पु-याएको योगदानका कारण पछिल्लो समय समाजसेवीको रुपमा महर्जन चिर—परिचित हुनुहुन्छ ।

सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लिमिटेडको अध्यक्षता गरिरहेका महर्जनले सत्रौं साधारणसभादेखि सम्पूर्ण जिम्मेवारी अध्यक्ष हेमराज दाहाललगायत संचालक समितिलाई सम्पूर्ण दायित्व बहन गर्ने गरी जिम्मेवारी दिनुभएको थियो।

सहकारीको अध्यक्षता छाडेपछि महर्जनले विशुद्धरुपमा समाजसेवामा आफ्नो दैनिकी बिताउँदै आइरहनुभएको छ। उहाँको मुल मर्म नै ‘सेवा नै धर्म हो, मन बचन र कर्मले सेवा गरौं’ भन्ने भावनाले ओतप्रोत भई लागिरहनुभएको छ।

परोपकारी सोच र पुण्य कार्यमा सदा अगाडि बढ्ने उद्देश्यका साथ महर्जनले सामाजिक,धार्मिक,शिक्षा, आर्थिकलगायत थुप्रै क्षेत्रमा गरेका पुण्य कार्यका कारण पनि अहिले महर्जनको नाम समाजसेवीको रुपमा परिचित भइसकेको छ।

महर्जनले आफूले अध्ययन गरेको श्रीकृष्ण माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षता गरी विद्यालयको स्तरउन्नती गर्नुका साथै नमुना सामुदायिक विद्यालय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

त्यस्तै, ललितपुर महानगरपालिका वडा नं.२३ को नेपालकै नमुना वडा कार्यलयदेखि लिएर सर्वसाधारणको जिउधनको सुरक्षार्थ खटिने प्रहरीलाई असुविधा भएको महसुस भएपछि महर्जनले सातदोबाटो प्रहरी बृत्तको भवन निर्माण कार्य, ट्राफिक प्रहरीको भवन निर्माण, कोरोनाको महामारीको अवस्थामा ट्राफिक प्रहरीलाई सडकमा आई कार्य गर्नुपर्ने भएका कारण उनीहरुको स्वास्थ्यलाई ख्याल गरी स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सामाग्रीहरु वितरण गर्नुभएको थियो।

महर्जनको यस्तो कार्य त उदाहरण मात्र हुन्। परोपकारी सोच र पुण्य कार्यमा सदा अगाडि बढ्ने महर्जनले धार्मिक, स्वास्थ्य, शिक्षा, आर्थिकलगायत थुप्रै क्षेत्रमा गरेको पुण्य कार्यहरुको गन्ती नै छैन।

सोही कारण महर्जनले राष्ट्र निर्माण, समाजसेवामा पु¥याएको योगदानको कदर गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित हुनुभएको थियो।

यस्तै कार्यको मुल्यांकन गर्दै नेपाल सरकारको सिफायरिसमा अफ्रिकी मुलुक बोत्स्वाना देशको अवैतानिक बाणिज्य दुतमा नियुक्त हुनुभएको थियो।

अवैतानिक बाणिज्य दुतसमेत रहनुभएका महर्जन अब कुनै पनि संघसंस्थामा आवद्ध नभई विशुद्धरुपमा समाजसेवामा समर्पित भई लाग्ने सोच रहेको उहाँले जानकारी गराउनुभएको छ।