शरणार्थी प्रकरण: खाँण र रायमाझीकाे म्याद थप गर्न सरकारी वकिल कार्यलयमा

फाइल तस्वीर

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा ल्याइएको छ।

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको हो।

काठमाडौं प्रहरी परिसरले रायमाझी, खाँणसहित ३३ जनाविरुद्ध मुद्दा चलाउन अध्ययन प्रतिवेदनमार्फत सरकारी वकिललाई सिफारिस गरिसकेको छ।