नक्कली शरणार्थी प्रकरणमा दोषीलाई नछोड्न प्रहरीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा दोषीलाई नछोड्न प्रहरीलाई निर्देशन दिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा दोषी नउम्किऊन् र निर्दोष नफसून् भनेर निर्देशन दिएका हुन।
प्रधानमन्त्रीले प्रतिनिधिसभामा बोल्दै भने नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले लगातार गृह प्रशासनलाई निर्देशन दिइरहेको छ। यति मात्रै हो यो विषय पहिलादेखि चल्दै आएको विषय रहेछ,यो सरकारको मात्रै अनुसन्धान पनि हैन र यो सरकारको पालामा भएको पनि हैन।
प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा अदालत पुगिसकेको हुनाले अब अदालतले जे फैसला गर्दा त्यो स्वीकार्य हुने समेत बताएका छ।
उनले सरकारको ध्यान राजस्व चुहावट तथा सम्पत्ति शुद्धीकरणको विषयमा पनि रहेको र त्यसमा संसद्को पनि सहयोग आवश्यक रहेको बताए। उनले आफ्नो प्रधानमन्त्रीको यो तेस्रो कार्यकाल अन्तिम हुन सक्ने र आफू गम्भीर अग्निपरीक्षामा रहेको पनि बताए।
उनले देशमा हाल विद्यमान भ्रष्टाचारको विषय सबै दल एकजुट भएर मात्र समाधान गर्न सकिने बताए। यस्तै अर्थतन्त्र सुधार गर्न र जनजीविकालाई सुधार गर्न सामूहिक रूपमा एक भएर मात्र निकास निकाल्न सकिने बताए।