नागरिक बेच्ने शासकहरू – हस्तबहादुर केसी
– हस्तबहादुर केसी
– हस्तबहादुर केसी
नेपालका शासकहरू आफ्नो देशका नागरिकहरूलाई अनागरिक बनाएर संसारका तेस्रो मुलुकमा बेच्ने नागरिक बेचुवामा प्रमाणित भएका छन्। आफ्नो देशका नागरिकहरूलाई अनागरिक बनाएर अमेरिका, क्यानडा, युरोपलगायतका संसारका तेस्रो मुलुकहरूमा बेच्ने संसारमै पहिलो मुलुक बन्न पुगेको छ। विशेषगरी संसदीय राजनीतिक पार्टीहरू मध्ये नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली काँग्रेस उदाङ्गोगरी प्रमाणित भएका छन्।
२०७४ सालको आम निर्वाचनबाट दुई तिहाईको हाराहारीमा पुगेको नेपाल कम्युनिस्ट (नेकपा) को नेतृत्व गरेका तत्कालीन केपी शर्मा ओलीको पालामा गृहमन्त्री रहेका रामबहादुर थापा “बादल” को ग्राण्डडिजाइनमा नेपालमा लामो लामो समयदेखि झापा, विराटनगर क्षेत्रमा बस्दै आएका भुटानी शरणार्थीहरूलाई नेपाल सरकारको मध्यस्थतामा अमेरिकका, क्यानडा, अष्ट्रेलिया, युरोपलगायतका विभिन्न देशहरूमा पुनर्वास गराउने काम हुँदै आएको थियो। बाँकी छ हजार जति भुटानी शरणार्थीहरू नेपालबाट विश्वका तेस्रो मुलुकहरूमा पुनर्वास गराउन बाँकी रहेको अवस्था हो।
यही बीचमा नेपालका भ्रष्ट तथा दलाल राजनीतिक पार्टीहरले विभिन्न कालखण्डमा ठूला ठूला भ्रष्टाचारका काण्ड घटाएर जस्तो: धमिजम काण्ड, लाउडा काण्ड, चाइना साउथ एयर काण्ड, चाइना चेज एयर काण्ड, बालुवाटार – ललिता निवास काण्ड, वाइडबढि जहाज काण्ड, ओम्नि काण्ड, ३३ किलो सुन काण्ड, ७० करोड काण्ड, ५० करोड चिनियाँ काण्ड, नारायणीहिटि संग्रहालय भित्रको “बतासे” काण्ड, भृकुटीमण्डप फेनपार्क काण्ड, मल काण्ड, चिनी काण्ड, यति काण्ड (जग्गा लिजमा दिने), ७२ करोडको सर्पदंश काण्ड, क्यान्टोनमेन काण्ड, अर्थ मन्त्रालयमा करको रेड तलमाथि गरेको सिसि क्यामेराको फुटेको तार मुसाले काटेको काण्ड, गोकर्णेश्वर काण्ड र पछिल्लोपटक संसारमै नेपाललाई बदनाम गराउने गरी घटाएको नक्कली भुटानी शरणार्थी काण्ड यी सबै काण्डहरू सरकारी तवर रबाटै घटाइएका भ्रष्टाचारका डरलाग्दा काण्ड मात्र होइनन् मुलुकलाई कंगाल बनाउने काण्ड मात्र होइन, देशलाई नै संसारको मानचित्रमा बदनाम बनाउने खालका काण्ड हुन्।
यी काण्डमा, राजनीतिक दलका नेताहरू, बहाल वाला प्रधानमन्त्री र गृहमन्त्री लगायत विभागीय मन्त्रीहरू, पार्टीका नेता तथा कार्यकर्ताहरू, उच्च पदस्त कर्मचारीहरू, प्रहरीको आई जिपि समेत संलग्न रहेर घटाइएका खरबौंका भ्रष्टाचारका काला काण्डहरू हुन् ।
यी सबै भ्रष्टाचारका काण्डहरूमा संलग्न भएका ,अपराधी किटान भइसकेका भ्रष्टहरूलाई आजसम्म राज्य पक्षबाट हुनुपर्ने दण्ड सजाय भइरहेको छैैन।
नहुनुको मुख्य कारण राजनीतिक दलका शीर्ष नेताहरू, प्रधानमन्त्री सहित मन्त्रीहरू, उच्च पदस्त कर्मचारीहरू, उच्च प्रहरीका आइजिपी समेत सक्रियरु रुपमा सहभागी हुनु र राज्यतहबाट संस्थागत रुपमा भ्रष्टाचारका ठूला ठूला काण्ड घटाइदै आएकाले कुनै पनि भ्रष्टाचारीलाई नेपालको कानुन र संविधानले व्यवस्था गरे बमोजिमको दण्ड, जरीवाना र कैद सजाय गरिएको बलियो प्रमाण छैन।
२०४६ सालको राजनीतिक परिवर्तन पछिको ३४ वर्षको अबधिमा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी ( एमाले), राप्रपा, सदभावना पार्टी, मधेस केन्द्रित पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कहिले एकलौटी कहिले संयुक्त सरकारमा गएको समयमा सबै सरकार सञ्चालन गर्दै आएका आएका पार्टीहरू कुनै न कुनै भ्रष्टाचार काण्डमा संलग्न हुदै आएकै कारण आजसम्म कुनै पनि भ्रष्टाचारी उचित दण्ड सजाय दिइएको छैन र अपराधीहरूलाई उन्मुक्ति दिदै आइएको छ।
यी माथि उल्लेख गरिएका भ्रष्टाचारका काण्डहरूमा संलग्न भएमा एउटा पनि अपराधीलाई राज्यले कडाभन्दा कडा सजाय दिएको एउटा पनि प्रमाण छैन । उल्टै संरक्षण गर्दै आएको छ ।
सबै भ्रष्ट संसदवादी राजनीतिक पार्टीहरूकै संलग्नता र संरक्षणमा राजनीतिक भ्रष्टाचार हुँदै आएको छ । नेपाली जनताले कुन कुन पार्टीले कुन कुन भ्रष्टाचारका काण्डहरू घटाउँदै आएका छन् त भन्ने बारेमा जान्न जरुरी हुन्छ ।
(क) नेपाली काँग्रेसले घटाएका भ्रष्टाचार काण्डहरू:
(१) धमिजा काण्ड , (२) लाउडा काण्ड , ( ३) ललिता निवास काण्ड , (४) वाइडबडी जहाज काण्ड , एमालेसित मिलेर (५) भृकुटीमण्डप फेनपार्क काण्ड , नक्कली भुटानी शरणार्थी प्रकरण काण्ड ।
(ख) नेकपा ( एमाले ) ले घटाएका भ्रष्टाचारका काण्डहरू :
(१) चाइना साउथ एयर काण्ड , (२) चाइना चेज एयर काण्ड , ( ३) बालुवाटार ललिता निवास काण्ड , (४) वाइडबडि एयर जहाज काण्ड , (५) ओम्नी काणझ, (६ ) ओम्नी काण्ड , (७) ३३ किलो सुन काण्ड , (८) पशुपति मन्दिरमा पितल जलहरी काण्ड मा ११ किलो सुन गाय घोटाला काण्ड ( सुन नराखेर ) ( ९) यति काण्ड , ( १० ) सर्पदंश काण्ड , (११) भृकुटीमण्डप फेनपार्क काण्ड , नारायनहिटि संग्रहालय भित्रको “ बतासे काण्ड , (१२) नक्कली भुटानी शरणार्थी प्रकरण काण्ड ( सबैभन्दा ठूलो ) एमालेको जगमा टेकेर ।
(ग) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले घटाइएका भ्रष्टाचारका काण्डहरू :
(१) क्यान्टोनमेन्ट भ्रष्टाचार काण्ड ,
(२) अर्थ मन्त्रालय कर घडबढ काण्ड ( सिसि क्यामेराको फुटेजको तार काटेको मुसो काण्ड )
(३) ५० करोड चीन महरा घोटाला काण्ड ।
(४) नारायणकाजी श्रेष्ठद्वारा २ करोड ५० लाख घोटाला
(नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसमेतले बुढीगण्डकी जलविद्युत परियोजनाबाट ९ अर्ब)
यी भए संसदवादी राजनीतिक पार्टीहरूले राज्य सत्ताको आडमा गरिएका भ्रष्टाचारका काण्डहरू सतहमा आएका छन् भने अन्य सैयौं भ्रष्टाचारका काण्डहरू घटाइएका छन् जो बाहिर सतहमा आउन बाँकी नै छन् ।
राजनीतिक पार्टीहरूबाट किन भ्रष्टाचारका काण्डहरू घटिरहेका छन् ?
पहिलो कारण: संसदीय भनेको भ्रष्टाचारीहरू ,तस्करहरू, कमिसनखोरहरू,माफियाहरू,विचौलियाहरू,काला बजारियाहरू,हत्याराहरू, बलत्कारीहरू,मानव तस्करहरू,राष्ट्रघाति – जनघाति तथा देशद्रोहीहरू तथा दलालहरू जन्माउने प्रजनन केन्द्र हो।
नेपालका माथि उल्लेखित ती भ्रष्ट नेताहरू,मन्त्रीहरू जो महाभ्रष्ट भएका छन् ,उनीहरूलाई यी संसदीय व्यवस्थाले जन्माएको हो। अर्थात् यी भ्रष्टहरू संसदीय व्यवस्थाका उपज हुन्।
संसदीय व्यवस्था भएका विश्वका सबै देशहरूमा जुन लुटमार,हत्या,हिंसा,आतंक,चोरी,डकैती,आखिर जुन घटनाहरू घटिरहेका डरलाग्दा घटनाहरू घटिरहेका छन्,यसको मुख्य कारण भ्रष्ट संसदीय व्यवस्था हो । यो नै संसदीय व्यवस्थाको मुख्य विशेषता हो।
यसको विकल्प के हो ?
यो भ्रष्ट संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादमा पुगेर वर्गबिहिन,राज्यबिहिन मान्छेले मान्छेमाथि गरिने सबैखाले शोषण,दमन,अन्याय ,अत्याचार ,उत्पीडन र भेदभावको अन्त्य भएको समनतामूलक सुन्दर वैज्ञानिक साम्यवाद नै यसको मुख्य र अन्तिम विकल्प हो।
मानव समाजमा वर्ग रहेसम्म वर्गस्वार्थ कायमै रहन्छ। निजी मामिला र निजी स्वार्थ रहेसम्म यी सबै प्रकारका विकृति र विसंगतिहरूले मौलाउने र जरा गाडिरहन्छ। त्यसो भएर पहिलो नम्बरमा वर्गबिहिन समाज निर्माण गर्नुपर्ने हुन्छ।
तात्कालिक रुपमा यो संसदीय व्यवस्थाको नयाँ जनवादी व्यवस्था हो। किनभने त्यहाँ जनताको जनवादी अधिनायकत्व कायम गरिन्छ । तर नयाँ जनवादी राज्य व्यवस्थामा पनि पूर्णरूपमा वर्गको उन्मुलन भइसकेको हुँदैन।
नयाँ जनवादी व्यवस्थालाई टेकेर सर्वहारा वर्गले वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्दछन्। तर वैज्ञानिक समाजवादी व्यवस्थापनि सत्तारुढ वर्ग सर्वहारा वर्ग हुन्छ भने पुँजीपति वर्गमा पनि अस्तित्वमा रहेको हुन्छ। त्यसैले त्यहाँ पनि वर्गसंघर्ष जारी राखिन्छ।
त्यसो भएर विश्व मानव समुदायले पूर्ण मुक्ति प्राप्त गर्ने भनेको वैज्ञानिक साम्यवादमा मात्र हो। त्यसैले पुँजीपतिवर्ग र पुँजीवादी संसदीय व्यवस्थाको अन्तिम विकल्प वैज्ञानिक समाजवाद हो।