करका दर हेरफेर गर्नेमाथी छानबिन समिति गठन गरि कारबाही गरौँ: सांसद ज्ञानेन्द्र शाही
काठमाडौं। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेर गर्न पूर्व नासुको संलग्नताबारे छानबिन समिति गठन गर्न माग गरेका छन्।आज संसद बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने,भर्खरै समाचार आएको छ,केही व्यापारिक घरानालाई पोस्ने गरी करका दर हेरफेर गरियो भनेर समाचार प्रकाशित भएको छ। त्यस्तै भन्सार विभागका पूर्व नासु रामकृष्ण श्रेष्ठलाई बजेट निर्माण गर्ने गोप्य कोठामा लगिएको भन्ने समाचार आएकाे छ।
त्यसकाे सत्य तथ्य पत्तालगाउन समिति गठन गर्नुपर्छ हाेइन भने समित गठन नगरेसम्म संसद अवरूद्ध गरिरहने चेतावनी समेत दिएका छन्।
उनले थपे, गोप्य कोठामा सरकारका उपसचिवसमेत जान पाउँदैनन्,यदि यो कुरा साँचो हो भने अर्थमन्त्रीलाई कारबाही हुनुपर्छ,पाेहोर पनि यस्तै भयो। अब यसका लागी छानबिन समिति बनाउनुपर्छ यदि यो समाचार असत्य हो भने समाचार लेख्ने पत्रकार र मिडियालाई कारबाही गरौँ उनले भने।