प्रचण्ड र ओली नकेपा ब्युँताउन तयार हुन्छन् भने म छलफल गर्न तयार छु: माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार तत्कालीन नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन्।
शनिबार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आफू तयार रहेको बताए।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार रहेको उनले बताए।
नेकपाका नेता कमरेड विप्लव आफैँ, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो। हामीले बसेर छलफल ग-यौँ।
समाजको पक्षमा हामी ४ पार्टी एक ठाउँमा छौँ भने हामी एउटा मोर्चा बनाऔँ,मोर्चा बनाएपछि शक्ति बन्छ,शक्तिको परिचालन गरौँ,सडकमा, संसदमा जनताको आवाज उठाऔँ, सरकारमा बसेर पनि राम्रो काम गरौँ।
हामीले छिटै यसबारेमा मिलेर अघि बढ्ने सोच बनाएका छौँ,उनले भने,त्यसैले हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन। कसै कसैलाई लागेको छ,एमाले,एमालेमा त आफैँ रुवाबासी चलिरहेको छ।
हामी हुन्छ भने पुरानो पार्टी (नेकपा) फेरि ब्युँताउँछौँ।आउनुहोस्,प्रचण्डजीलाई भन्छु– आउनुहोस्। हामी तयार हुन्छौँ। केपीजी तयार हुन्छन्? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔँ।
अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप लगाए। तर आफू भने ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पदमा नबस्ने समेत बताए।
उनले भने मान्छे आफ्नो के हुन्छ भन्ने सोच्न थाल्यो भने मैले कुर्सी छोड्नुपर्ला भनेर ७० वर्षको उमेर हद नै हटाइदिए। के हुन्थ्यो, सल्लाहकार भएर बसे हुँदैन केटाहरुले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ नि।
७० वर्ष नाघेकालाई बोलाउने, हामी त भयो अब आराम गर्नुहोस्, सल्लाहकार भएर बस्नुस् भन्छौँ, मेरो उमेर भए म पनि बस्छु।
अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोशिस भइरहेको पनि बताए। उनले राजावादीहरुले टाउको उठाउने कोशिस गरे पनि सफल हुन नदिने चेतावनी दिए।