आजदेखि लामो दूरीका सवारी गोंगबु बसपार्कबाट मात्र छुटिने र रोकिने

काठमाडौं। काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन आजबाट गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएका छन्।

आज १ असारबाट महानगरपालिकाले काठमाडौंमा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएका हुन।

आजदेखि गोंगबु बसपार्कबाट बस छुट्ने र रोकिने कुरामा सबै यातायात व्यवसायी समेत सहमत भएका छन्।

बसपार्कबाट नै लामो तथा मध्यम दूरीका यात्रुवाहक सवारी साधनहरु गोंगबु बसपार्कबाट सञ्चालन हुन दिने गरी अन्तिम तयारी गरिएको थियो।
सबै यातायात व्यवसायीहरु सहमत भएपछि आजदेखि अनुगमन समेत हुने भएको छ।

महानगरभित्र रहेका टिकट काउन्टर, होर्डिङ बोर्डहरु हटाइने भएको छ। ‘बसपार्क बाहेक अन्य क्षेत्रमा कतै यात्रुहरु सुरक्षित चढाउन र ओराल्‍न सकिन्छ की भन्ने अध्ययन गर्न पनि कार्यदल गठन भएको छ।

कार्यदलमा ३ वटा यातायात मजदूर संगठनका प्रतिनिधि,उपत्यका ट्राफिक प्रहरी,नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी,यातायात व्यवसायीका प्रतिनिधिलगायत छन्।