भुटानी शरणार्थी प्रकरण: सरकारी वकिलको जवाफी बहस सकियो

काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा आज जवाफी बहस सकिएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर करोडौं ठगी गरेको प्रकरणको सबै बहस सकिएको हो।

आज शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा ५ जना सरकारी वकिल र २ जना अधिवक्ताले जवाफी बहस सकेका छन्।

जवाफी बहस सकिएसँगै अब न्यायाधीश न्यौपानेले यस मुद्दामा आदेश दिने छन्।

सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गरेका हुन्।

उनीविरुद्ध ठगी, राज्यविरुद्ध कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको छ।

जवाफी बहस सकेसंगै धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने भन्ने आदेश अदालतले दिने छ।