वाणिज्य बैंकले कमाए ५७ अर्ब १७ करोड बढी नाफा

काठमाडौं। चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन।

सञ्चालनमा रहेका २१ वटा बैंकहरुमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने, सबैभन्दा कममा कृषि विकास बैंक रहेको छ।

पहिलो स्थानमा रहेको नबिल बैंकले ६ अर्ब १२ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने कृषि विकास बैंकले १ अर्ब २२ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ।

क्रमशः ग्लोबल आइएमई बैंकले ५ अर्ब ३४ करोड ११ लाख, एनआईसी एसिया बैंकले ४ अर्ब ३९ करोड २७ लाख र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ८९ करोड ७२ लाख, रुपैयाँ नाफा आर्जन गरेको छ।वैशाख महिनासम्ममा ८ वटा बैंकको नाफा २ अर्ब माथी रहेको छ । भने, २ अर्ब भन्दा कम नाफा हुनेमा ८ वटा बैंक रहेका छन्।