फिस्टेल मेनपावरले ग-यो वैदेशिक रोजगारीको नाममा हजारौं युवालाइ ठगी,सञ्चालक रेशमराज फुयालको यस्तो छ नयाँ ठगी गर्ने जुक्ति
काठमाडौं। काठमाडौंको सामाखुशीमा संञ्चालित फिस्टेल ओभरसिज प्रा.लीले वैदेशीक रोजगारको नाममा नेपाली युवाहरुलाई दिनदहाडै ठगी धन्दा चलाइरहेको पाइएकाे छ।
बैदेशिक रोजगारमा पठाउँछु भन्दै काठमाडौंको सामाखुशीमा संञ्चालित फिस्टेल मेनपावरका संञ्चालकले आफ्नो दुई वटा नाम राखी वैदेशिक रोजगारीका नाममा सयौं गरिब नेपाली जनतालाई बिगत तीन वर्ष अगाडि देखनै दिनदहाडै ठगी गर्दै आइरहेको रहस्य खुलेको हो।
मेनपावरमा ठगीका बादशाह भनेर चिनिने रेशम राज फुंयाल वा ठगी धन्दाका मायुर खेलाडी उनले अहिले आएर थरै समेत परिवर्तन गर्दै हिंड्ने गरेकाे खुलासा भएको छ।
उनको हालको नाम रेशम लामिछाने बताउँदै वैदेशिक रोजगारमा जाने युवाहरुलाई ठग्दै हिंडेको पीडितहरूले बताउने गरेका छन्।
मेनपावरको नाममा ठगी गर्दै हिड्ने रेशमले हजारौं गरिब युवाहरुको सपना त लुटेका छन् नै त्यसका साथै उनिहरुका कलिला तामाका मुना जस्ता बालबालिकाको पनि उज्वल भविष्य माथि खेलवाड गरिरहेका छन्।
वैदेशिक रोजगारीका नाममा कहिले फुँयाल कहिले लामिछाने थर राख्दै आइहेका वैदेशिक रोजगारिका माफिया रेशमले चार जना गरिव परिवारको सपना माथि धावा वोलेका छन्।
जसमध्ये वैदेशिक रोजगारको नाममा ठगी धन्दा चलाउने रेशमले सिन्धुपाल्चोकका गरिब कृष्ण बहादुर तामाङ ,समशेर गोले,जया लामा र समीर तामाङलगायतलाई घर न घाटको बनाएको पीडित युवाहरुले गुनासो सुनाएका छन्।
पीडितहरुका अनुसार रेशमले प्रतीव्यक्ति रु ५० हजार देखि दुई लाखसम्मका दरले टेकबहादुर स्याङतान नाम भएका व्यक्तिको नक्कली नाम अमर राख्न लगाई उनलाई एजेन्टको जिम्मेवारी दिई पैसा असुली गर्ने र कुनै प्रमाण नदिई करिब २०० गरीब युवाहरुलाइ ठगेका छन्।
रेशमले वैदेशिक रोजगारको नाममा ठगी धन्दा चलाएको विषयमा विभिन्न मिडियामा समाचार प्रकाशित भएपछि उनले वैदेशिक रोजगारमा जाने युवाहरुलाई ठग्ने अर्को नयाँ जुक्ति निकालेका छन्,उनले पीडितहरूलाइ बैंकको चेक दिएर आज दिन्छु भाेली दिन्छु भन्दै महिनाैसम्म नदिने गरेर पीडितलाइ झन दुख दिन थालेको पाईएको छ।
दुर्गम गाउँका सोझा सिधा युवाहरूलाई अनेक लालच देखाई नगद हात पार्ने अनि धरौटी बापत एनआइसी एसिया बैंकको चेक जथाभावी बाँडेर करोडौं कुमल्याएर फरार भएका छन।
यस्तो रहेछ फिस्टल मेनपावरको ठगी गर्ने कला हामीले पहिलोपटक समाचार प्रकाशित गरेपछि फिस्टल मेनपावर बाट पिडित भएकाहरु धमाधम सम्पर्कमा आउनथाले पछि पीडितहरु सहित हाम्रा प्रतिनिधिहरु मेनपावरमा पुगि प्रत्तक्ष रिपोर्टिङ गर्नथालेको सुईको फुयाँँलले उनका कर्मचारी मार्फत पाए।
पीडितहरुसहित ३ दिन सम्म फिस्टलमेनपावरमा गई रिपोर्टिङ गर्दापनि सञ्चालक फुयाल कार्यलयमा आएनन। पीडितहरुको भिडभाड बढ्दै गए पछि फुयालले हाम्म्रा प्रतिनिधिलाई फोन गरि असाध्यै चिल्लो शब्दमा पीडितहरुलाई दलाल मार्फत आफ्नो मेनपावरले लिएको पैसा उपलब्ध गराउने भन्दै पीडितहरुको अकाउन्ट नम्बर उपलब्ध गराउन आग्रह गरे जसै अनुरुप हामीले पीडितहरुको अकाउन्ट नंम्बरपनि उपलब्ध गराई दियौ।
पीडितहरुले भने अकाउन्ट नम्बर दिएपछि आफ्नो जायजेथा बेचविखन गरि दिएको पैसा उठने भो भन्दै अनुहारमा आशाको किरण जगाएका थिए ।तर सयौं युवालाई ठगी सकेका फुयालको सोझा युवालाई अल्झाउने त्यो नँया काइदापो रहेछ।
वैदेशिक रोजगारको नाममा करिब २०० युवाहरुलाई घर न घाटका बनाएका फुँयालले प्रती युवा २ लाखको दरले नगद असुल गरि बैंकमा नगद नभएको चेक विरण गर्दै आईरहेको पाईएको छ।
वैदेशिक रोजगार विभाग बाट पनि पीडितयुवाहरुले पाएनन् न्याय, फिस्टेल ओभरसिज प्रालीका संञ्चालक रेशमराज फुयालको ठगी धन्दाबाट विक्षिप्त भएका केही युवाहरु वैदेशिक रोजगार विभागमा पुगी आफुहरु ठगिएको भन्दै उजुरी दिएका थिए।
उजुरी पर्नासाथ विभागका कर्मचारीले रेशम राज फुयाललाई फोन गरि उजुरी परेको जानकारी गराउँदा आफूले युवाहरुबाट पैसानलिएको र लिएको भएपनि अमरभन्ने आफ्नो एजेन्टले लिएको होला भन्ने गैरजिम्मेवारी पुर्ण जवाफ दिएका थिए भने विभागका कर्मचारी उनको जवाफ बाट नतमस्तक देखिन्थे।
फिस्टेल ओभरसिजमा पुग्दा जे देखियो हाम्रा प्रतिनिधिले लगातार तिन दिन रिपोर्टिङ गर्दा फिस्टेल ओभरसिज प्रालीका संञ्चालक कार्यलयमा देखिएनन देखिएत केवल पीडित युवाहरु।
पीडितयुवाहरुलाई तपाई हरुको स्थाई ठेगाना कहाँ हो भनी जिज्ञासा राख्दा आफूहरु भिन्नभिन्नै जिल्ला काभ्रे ,सिन्धुपाल्चोक ,नुवाकोट ,दोलखा घर भएको बताए का थिए।
ती युवाहरुलाई देख्ने जोकोहीलाई उनिहरुको आर्थिक स्थिति आँकलन गर्न सहजै थियो।खुट्टामा टायरको चप्पल अगाडिको वुढीअस्म्लाको भाग दबिएको पछाडिको कुर्कुचाले भुँइछुनेगरी प्वाल परेको चप्पल,पुराना कपडापिहरन प्याक-प्याक सुकेको ओठमुख ती युवाहरुको यो दृश्यले जोकोहीको मन पग्लन्छ तर ठगीधन्दाका बादशाह रेशमको मन पग्लेन।
हाम्राे थप रिपोर्टिङ पछि फिस्टेलओभरसिज प्रालीका सञ्चालक रेशमराज फुयालका कालाकर्तुतहरु बाहिर ल्याउने प्रयास गर्दै जाँनेछाैं।