नेप्से दोहोरो अंकले घट्यो
काठमाडौं। पछिल्ला दिन उकालो लाग्दै आएको शेयर बजारको वृृद्धिमा ब्रेक लागेको छ। सोमबार झिनो अंकको करेक्सन आएको बजार मंगलबार दोहोरो अंकले घट्यो।
उतार चढावबीच बजार परिसूचक नेप्से २६ अंकले ओरालो लागेर २ हजार ६४ कायम भएर थामियो। पछिल्ला तीन कारोबार दिन ५ अर्ब हाराहारी पुगेको कारोबार यसदिन पनि ४ अर्बमाथि रह्यो।
मंगलबार लगानी, उत्पादनमूलक र व्यापार समूह नगन्य अंकले मात्र हरियो रहेबाहेक बाँकी समूह ओरालो लागे। वित्त समूहमा बैभन्दा उच्च झण्डै ४ प्रतिशतको गिरावट आयो।
बीमा, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूहमा पनि २ प्रतिशतमाथिको कमी आयो। बाँकी पनि अधिकांश समूह दोहोरो अंकले घटे।
मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६८ कम्पनीको १ करोड ७ लाख कित्ता शेयर ४ अर्ब ११ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ।
मंगलबार १ सय ९३ कम्पनीका लगानीकर्ताले गुमाउँदा जम्मा २८ कम्पनीकाले कमाए। घटेको बजारमा पनि सीटी होटल, बीपीडब्लू लघुवित्त र इङ्वा हाइड्रोका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा कमाए।