प्रतिनिधिसभा बैठक आज पनि बस्दै,विनियोजन विधेयकमाथि छलफल हुने
काठमाडौं।प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ः०० बजे सङ्घीय संसद् भवन बानेश्वरमा बस्न लागेको हो।
बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ।
आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ।
यसअघि हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो।