लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चाइयो: अध्यक्ष थापा
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चाइएको आरोप लगाएका छन्।
राप्रपाका नेता पूर्व मन्त्री एवं उपसभामुख स्वर्गीय रामबिलास यादवको महोत्तरीको एकडारा गाउँ पालिकामा निर्मित सालिकको अनावरण गर्दै थापाले ठुलठुला भ्रष्टाचार काण्डमा आफूलाई ठुला भन्ने ठुला राजनीति दलका नेताहरूको संलग्नता भएको भन्दै थापाले आफ्नो स्वार्थसिद्ध गर्नका लागि कानुनलाई समेत हातमा लिने दुष्प्रयास भइरहेको भन्दै थापाले यस्तो अक्षम्य काम नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे।
०६२/६३ को परिवर्तनबाट मुलुकको हित हुनुको सट्टा राष्ट्रियता कमजोर भएको, धर्मसंस्कृति र पहिचान मेटिएको, विधिको शासनको धज्जी उडेको तथा भ्रष्टाचार र बेरोजगारी व्यापक रूपमा बढेको आरोप लगाएका छन्।
निष्ठा,इमानदारी र आदर्शको राजनीति कमजोर भएको भन्दै केही सीमित दलका सीमित नेताहरूको सिन्डिकेटबाट मुलुक आक्रान्त भएको समेत दाबी गरेका हुन्।