एमाले र माओवादी एकता पछिको,नेकपा विभाजनको रहस्य खोज्दै केपी ओली

फाइल तस्वीर

काठमाडौं। नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता छोटो समयमै विग्रहमा पुग्यो ।तत्कालीन नेकपा अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि प्रतिगमन भयो भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बहुमत पार्टी सदस्य र सांसद लिएर ओलीलाई कारबाही गरे।

ओली पार्टीको साधारण सदस्य समेत नरहेपछि ओलीले पनि यस्तै गरे । त्यसपछि पार्टी विभाजन भयो।अहिले विभाजनको तीन वर्षीय यात्रामा पुग्दा नेकपा विभाजन किन भयो रु यसका कारण के थिए? लगायत विषयको खोजी हुनुपर्ने मागहरु अब शीर्ष नेताहरुबाटै आउन थालेको छ ।

कम्युनिष्ट जनमतले पार्टी एकता गर भन्ने सन्देश दिएको भन्दै एमाले माओवादी केन्द्रबीच आकस्मिक एकता भयो ।

आकस्मिक रुपमै भएको पार्टी एकताले केपी ओलीलाई प्रधानमन्त्री बनायो। शानदार बहुमतको प्रधानमन्त्री बनेका ओलीले लामो समय सत्ता सञ्चालन गर्न भने पाएनन्।

ओली र प्रचण्डबीच चलेको सत्ता संघर्षका कारण पनि एकतामा समस्या देखा परेको दाबी गरिन्छ।एकले अर्कोलाई प्रशंसा गर्ने गरेका ओली प्रचण्ड एकाएक वर्ग दुस्मन बने।

ओली प्रतिगमनकारी ठहरिए।सर्वोच्च अदालतले ओलीले गरेको संसद विघटनलाई मान्यता नदिएपछि ओली राजनीतिक रुपमा संकटमा घेरिए।

यसरी नै कारबाहीको श्रङ्खला चलेपछि सर्वोच्च अदालतले नेकपाको एकता नै भंग गरिदियो। नेकपा नामविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने ऋषी कट्टेलले माग नै नगरेको विषयमा सर्वोच्च प्रवेश ग¥यो।

सर्वोच्चले नाम विवादमा पार्टी एकता नै भंग गरिदिएपछि एमाले–माओवादी फेरि सक्रिय बने। दृश्यमा देखिएका यी विषयले पार्टी एकता टुट्नुको पछाडिका कारणहरु संसद विघटन र सत्ता संघर्ष नै देखिन्छ।

तर, यतिमात्रै नभई पार्टी एकता टुट्नुका कारणहरु विश्लेषण हुनुपर्ने एमाले अध्यक्ष केपी ओलीले माग गरेका छन्।ओलीले नेकपा विघटन हुनुका कारणहरुको खोजी हुनुपर्ने बताउदा यसबारे थुप्रैले चासो व्यक्त गर्नु सामान्य पनि हो।

छरिएको कम्युनिष्ट जनमतलाई एकताबद्ध गरेको भन्दै ओली–प्रचण्डलाई धेरैले दुरगामी नेताको रुपमा समेत अर्थ्याउन थालेका थिए। तर, ओलीले प्रधानमन्त्री हुँदै बालुवाटारमा रअ प्रमुखलाई भेटेकोदेखि विभिन्न आरोप लगाउने गरेको प्रचण्ड नेतृत्वको त्यसबेलाको नेता टिमले भने आफ्नो कारण पार्टी फुटेको स्वीकार गर्न तयार देखिन्न।

विशाल बनेको नेकपा विघटनका पछाडी आन्तरिक कारण मात्रै थिए रु यो अहम प्रश्न बनेको छ। पार्टी विभाजनको बेला चिनियाँ राजदूत होउ यान्छिको दौडधुप होस वा अन्य देशका राजदूतको सक्रियता नै किन नहोस।

यसका पछाडिको कारण के थियो भन्नेबारे खोज अनुसन्धान हुनुपर्ने माग विस्तारै वलियो बन्दै गएको छ ।राजनीतिक अस्थिरताको कारक बनेको नेकपा विभाजनले न्याय पाउला? अब यो प्रश्न थप पेचिलो बन्ने देखिएको छ।

यस्तै, नेकपा विभाजनको कारण खोज्न प्रचण्ड–माधव नेपालहरु तयार होलान रु यो पनि अहम् विषय बन्नेछ।