कांग्रेसद्धारा आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी
काठमाडौं। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गर्नुभएको हो।
बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ। बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन्।
यद्यपि,सत्तारुढ दलका शीर्ष नेताहरूबीच बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने विषयमा सहमति बनिसकेको नेताहरूको दाबी छ।