साफ च्याम्पियनसिपमा पाकिस्तान नेपालसँग पराजित
काठमाडौं। आशिष चौधरीले डेब्यु गोल गरेपछि नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १-० ले पराजित गरेको छ।
सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता सकाएको छ।
बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरे।
४६औं मिनेटमा आभास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका आशिषले लकेन लिम्बुको पासमा नेपालका लागि आफ्नो पहिलो गोल गरेका हुन्।
नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ र दोस्रो खेलमा घरेलु टोली भारतसँग २-० ले पराजित भएको थियो। पाकिस्तान भने समूह चरणका तीनवटै खेल हार्दै घर फर्कने भएको छ।
१५ वर्षपछि सफमा पाकिस्तान विरुद्ध जित नेपालले साफ च्याम्पियनसिपमा १५ वर्षपछि पहिलो पटक पाकिस्तानलाई पराजित गरेको हो। त्यसका लागि नेपालले निकै संघर्ष गर्नुपर्यो।