गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने चीन भ्रमणमा

फाइल तस्वीर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणका लागि जानु भएको छ।चीनको पाँच दिने भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठ छेन्दुमा आयोजना हुने चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुनुहुनेछ।

त्यहाँ उहाँले विशेष अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। भ्रमणका अवसरमा चीनमा अध्ययनरत नेपाली र विदेशी विद्यार्थीहरूलाई सम्बोधन समेत गर्ने कार्यक्रम पनि रहेको छ।श्रेष्ठ आगामी आइतबार स्वेदश फर्कनु हुनेछ।