असार २४ गते राति १२ बजेदेखि सम्पूर्ण सरकारी भुक्तानी रोकिने
काठमाडौं ।आगामी असार २४ गतेदेखि सरकारी काम काजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ। महालेखा नियन्त्रकको कार्यालयले २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी, हिसाबकिताब राफसाफ गर्न सबै पालिका, प्रदेश सरकार र केन्द्र सरकारलाई निर्देशन दिएकाे छ।
महालेखा नियन्त्रण कार्यालयको चलानी नम्बर ३२३ को असार १० गतेको परिपत्र नेपाल सरकार,प्रदेश सरकार तथा स्थानीय तहको भुक्तानी निकासा बन्द गर्ने र सालतमाम सम्बन्धमा विषयको पत्रको बुदा नं.१ मा संघ प्रदेश र स्थानीय तहहरुको आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगावै साविकमा जस्तै निकासा भुक्तानी र प्रणाली समेत बन्द हुने हुँदा सूचना संप्रेषण गरिएको महालेखा नियन्त्रणले जनाएको छ।
संघीय कार्यालयहरुको हकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम ९१०/९२० बमोजिम र प्रदेश तथा स्थानीय तहले सोही नियमको उपनियम ९७०/९८० बमोजिम गर्न र आर्थिक वर्ष समाप्त हुने सात दिन अघि अर्थात् असार २४ गते राति १२ बजेदेखि नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक सम्पूर्ण निकासा भुक्तानी गर्न महालेखा नियन्त्रण कार्यालयले निर्देशन गरेको छ।