अध्यक्ष चौलागाईं भन्छन्: देउराली सहकारीलाइ डुवाउन कारबाहीमा परेका मिटरव्याजीहरुको नै मुख्य भूमिका (विज्ञप्ति सहित)

काठमाडौं। ललितपुरको सातदोबाटोस्थित केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईले आज एक विज्ञप्ति जारी गरेका छन्।

जारी विज्ञप्तिमा भनिएको छ २०८० साल असार १३ गते विभिन्न गलत नियत भएका सहकारी क्षेत्रलाई ध्वस्त पार्ने पैसामा बिक्ने अनलाइन (अनलाइन पोर्टल) खबरले लेखेको समाचार पुर्णरुपमा सत्यता नभएको र २०८० साल जेठ १२ गते देउराली सहकारी डुवाउने केही मिटरव्याजी र ऋणी , केही पूर्वकर्मचारी जो कारबाहीमा परेका छन् उनिहरुले देउरालीका सोझा बचतकर्ताहरु र आन्दोलित विभिन्न सहकारीका पिडितहरुलाई आफू बँच्नको लागि विभिन्न आर्थिक प्रलोभन देखाई अध्यक्ष चौलागाईंलाई कारबाही गरि संस्था डुबाई अरवौ-अरव खाने मिटरव्याजीका व्यक्तिहरु मध्ये मोहन घिमिरे लगायत ५ जनाको समुहले उक्त कार्य गरेको देउरालीका बचत कर्ताले बताएका छन।

सहकारी विभाग बानेश्वरका अनुसार समान्य छलफलका लागि उक्त पत्र लेखिएको बताएको छ।आदरणीय देउरालीका बचतकर्ता हाम्रो बाँकी केही रकम तुरुन्तै फिर्ता हुँदैछ केही समय धैर्य धारण गर्न अनुरोध गर्दछु।

यस्तो छ देउराली सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईंको भनाई 

देउराली सहकारी डुबाउने मिटर व्याजीहरुले देउराली सहकारीका बचत कर्ताहरुलाई आर्थिक प्रलोभन देखाई देउराली सहकारी विरुद्ध जबर्जस्ती सहकारी डिभिजन कार्यलय काठमाडौंलाई पत्र काट्न लगाए। अनुचित लेनदेन मिटर व्याजकारोबारीलाई र ऋण लगेर नतिर्ने ऋणिलाई जेठ १२ गते कारबाही को लागि जिल्ला प्रशासन कार्यलय ललितपुरमा उजुरी समेत दर्ता गराएको उनले बताए।

उक्त मिटर व्याजी हरुमध्येका मोहन घिमिरेले देउराली सहकारीका सोझासाझा बचतकर्ताहरुलाई ठुलो आर्थिक प्रलोभन देखाई माइतीघर मण्डलामा आन्दोलनरत रहेका अरु सहकारीका पिडित हरुलाई दुईवटा बस रिजर्भ गरि केन्द्रीय अनुसन्धान व्युरोमा लिएर गएको र केन्द्रीय अनुसन्धान व्युरोले उनिहरुलाई सहकारी विभाग को पत्र चाँहिने भनेर फर्काएपछि उक्त मिटरव्याजी हरुले सहकारी विभाग बानेश्वरमा करिब तिन सय जना बचत कर्ता जसमा देउरालीको सत्तरी जना र बाँकी दुईसय तिस जना काठमाडौंको माइतीघरमा आन्दोलनरत विभिन्न सहकारीका बचतकर्ता हरुलाई आर्थिक प्रलोभन देखाई देउरालीका अध्यक्षलाई जेलहाल्नु पर्छ भनी सहकारी विभागमा करिब ६ घण्टा तथानाम गालि गरि जबर्जस्ती पत्र काट्न लगाएको देउराली सहकारीका अध्यक्ष चौलागाईंको आरोप छ।

अध्यक्ष चौलागाईंका अनुसार सहकारी विभाग काठमाडौंमा देउराली सहकारीका साना(साना बचत कर्ता हरुमात्र गएकोमा बाँकी माइतीघर मण्डलामा आन्दोलनरत अन्य सहकारीको सदस्य हरुलाई राति सम्म राखि पत्र काट्न लगाएको थियो ।

अध्यक्ष चौलागाईंका अनुसार मिटरव्याजी मोहन घिमिरे देउराली सहकारी डुबाउन अनुचित कारोबारमा देउराली सहकारीको करिब २ करोडको जग्गा र धितो राखिएको डेढ करोडको गाडी ,करिव ५ करोड नगद अपचलन र ठगि मिटरव्याजी मुद्दामा कारबाहीमा छन ।

चौलागाईंका अनुसार घिमिरे अहिले आफू बँच्नको लागि कारबाहीमा परेका मिटरव्याजीहरुलाई एकजुट बनाई देउरालीका अध्यक्ष लाई थुन्नपर्छ भन्दै बचतकर्ता हरुको घरघरमा धाईरहेका छन।

सोर्तका अनुसार देउराली सहकारीका बचतकर्ताहरु सहकारी विभाग गएलगतै देउरालीका संञ्चालकलाई सहकारी विभागले बोलाएको थियोे सहकारी विभागले बोलाउन साथ देउरालीका संञ्चालकले बचतकर्ताहरुको करिव ६ अर्व ५० करोड रकम फिर्ता गरि सकेको र बाँकी ५० करोड फिर्ता गर्ने तयारी भईरहेको सहकारीको स्टेटमेन्ट सहित सहकारी विभाग बानेश्वर पुगेका थिए।

अध्यक्ष चौलागाईं भन्छन् हालसम्मको देउराली सहकारीको कार्यप्रगति विवरण सहकारी प्रदेश कार्यलय हेटौंडा देउराली सहकारीक‍ो नियमन निकाय पर्ने हुनाले गत आइतबार सहकारीको हाल सम्मको प्रगति विवरण सहकारी प्रदेश कार्यलय हेटौंडा बुझाएर आउनुका साथै उक्त विवरण काठमाडौं सहकारी विभाग लाई समेत बुझाएका छौ।

हिज‍ बुधबारको सहकारी विभागमा परेको उजुरीबारे चौलागाईं भन्छन् “सहकारी विभाग काठमाडौंले सामान्य छलफलका लागि आगामी आइतबार असार १७ गते बोलाएको छ । 

देउराली सहकारीका सदस्यहरुलाई अध्यक्ष चौलागाईंको आग्रह 

संस्था डुवाउने ,अप्ठ्यारो परेकाबेला अरवौअरव अनुचित लेनदेन, धितोमा राखेको गाडी, घरजग्गा खाने मिटर व्याजी र ऋणि ,पुर्व कर्मचारी र केही संञ्चालकहरुलाई कारबाहीमा पठाएको छ।

उनिहरुलाई साँवा र केहि चलनचल्तीको व्याज वाहेक सम्पुर्ण रकम फिर्ता गराउने लक्ष्यका साथ नेपाल सरकारको नियमन निकायमा पठाएकोले कारबाही बाट बँच्नको लागि विभिन्न उच्च पदाधिकारी हरुलाई आर्थिक प्रलोभन देखाउने ,सोझा बचतकर्ताहरुलाई माध्यम बनाई अध्यक्ष विरुद्ध लागि रहेको हुँदा बचतकर्ताहरुले सहकारीका संंञ्चालक र कर्मचारीहरु सम्पर्कमा रहिरहेको अबस्थामा सबै बचतकर्ताहरुको बचत रकम छिटोभन्दा छिटो फिर्ता गरीने हुनाले सहकारीको विरुद्ध लाग्ने व्यक्तिहरुको पछाडि नलाग्न आग्रह गर्दछौ।