देउराली सहकारीलाई डुवाउन मिटरव्याजीको मुख्य भूमिका रहेकोछ: अध्यक्ष चौलागाईं (विज्ञप्ति सहित)

काठमाडौं। ललितपुरको सातदोबाटोस्थित केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईले एक विज्ञप्ति जारी गरेका छन्।

गत २०७९ साल असारबाट आर्थिक तरलताको कारण समस्यामा परेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले ललितपुरको सातदोबाटोमा रहेको केन्द्रिय कार्यालयका साथै सहकारीका शाखाहरु भक्तपुरक‍ो सुर्यविनायक र काठमाडौंको न्युरोडमा रहेको सेवा काउन्टरका बचतकर्ताहरु, संचालक समिति र कर्मचारीहरुलाई लक्षित गरी प्रेश विज्ञप्ती जारी गरेको चौलागाईंले बताएका छन।

देउरालीका अध्यक्ष चौलागाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ,देउराली सहकारीक‍ो आफ्नो सदस्य, कर्मंचारीहरुलाई सम्पर्कमा आई सदस्य सेवा काउन्टर न्युरोडबाट सदस्यहरुको फिर्ता दिन बाँकी बचत रकम बापत विभिन्न स्थानको जग्गा दिनुका साथै अपाङग-अशक्त र हस्पिटल भर्ना भएकाहरुलाई सहकारीले केही रकम दिइरहेकोले सम्पर्कमा आई रकम लिन सक्नुहुनेछ।

अध्यक्ष चौलागाईंले विज्ञप्ति मार्फत प्रष्ट पार्दै भनेका छन् देउराली सहकारी संस्था समस्यामा परेपछि बचतकर्ताहरुकै समुह बनाई उक्त समुहका बचतकर्ता कृष्ण प्रसाद कंडेल, नकुल आचार्य,जिवन श्रेष्ठहरुको संयुक्त नाममा गृहम डेभलपमेन्ट कम्पनी दर्ता गरी नवलपरासीको २९ कठा ४४ वटा घडेरी र ललितपुरमा महेश तिमल्सीना, यशोदा सिलवाल, रञ्जु सिलवाल, गोपाल मर्हजन, मंजिल शाक्य, रविन्द्र श्रेष्ठ, नविन्द्र श्रेष्ठ, भिम बहादुर मर्हजन, सुनिल शाक्य, श्रेया शाक्य, सविना श्रेष्ठ, नविन मर्हजन, कमला शाक्य, नारायण श्रेष्ठ, रसिक श्रेष्ठ, श्रेया श्रेष्ठ, शरिक श्रेष्ठ, स्वीकृति शेरचन, सन्तोष श्रेष्ठ, भुपेन्द्र कुमार शाह, आयन बक्स, नारायण दत्त जोशी, विनिता तिमल्सीना, निर्यान श्रेष्ठ, सक्षम प्रधान, हरि बहादुर श्रेष्ठ, लिला शाक्य लगायत सदस्यहरुले केही रकम आफै थपी करिव ३० करोडको जग्गा सेटलमेन्ट गरी संस्थालाई सहयोग गरिसकेका छन।

अरु जग्गा लिन इच्छुक सदस्यहरुले सहकारीको सदस्य सेवा काउन्टर न्युरोडमा गई छलफल गरि जग्गा लिन सकिने संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। त्यसैगरी साना बचतकर्ताहरुलाई संस्थाले रकम ब्यवस्थापन गरिरहेको र छिट्टै उनीहरुलाई रकम बाँड्ने वातावरण मिलाइएको सहकारीले जनाएको छ।

संस्थालाई पहिलेकै स्थानमा ल्याउने यस हदको प्रयासको बाबजुत संचालक समितीहरु सम्पर्कमा रही बचतकर्ताहरुको हितमा कार्य गरिरहँदा बजारमा विभिन्न सहकारी भागेका र जेल चलान भएकाहरुको अफवाह सुनी संस्था विरुद्ध लाग्ने केही व्यक्तिको कुरा सुनि धर्ना,आन्दोलन तथा संचालक समिति विरुद्ध विभिन्न सहकारी निकायमा उजुरी बाजुरी गरिरहेको हुँदा त्यस्ता कार्य बन्द गर्न पनि देउराली सहकारीका अध्यक्ष चौलागाईंले बचतकर्ताहरु सँग अपिल गरेका छन।

देउरालीले रकम फिर्ता गर्न धेरै बाँकी नरहेकोे र बाँकी रहेकाहरु सम्पर्कमा आइ छलफलबाट आफ्ना रकम सुरक्षण गर्न आग्रह समेत गरेको छ।

पछिल्लो समय देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाई संस्था अप्ठेरोमा परेपछि आर्थिक लेनदेन गर्दा आफुलाई मर्कामा पारी शोषण गर्ने अनुचित लेनदेनवाला र संस्थाको कर्जा लिइ नतिर्ने बरु उल्टै धम्की दिने, अपचलन गर्नेहरु र कतिपय संचालक तथा कर्मचारी विरुद्ध पनि उजुरी दिएका छन। चौलागाईंले दिएको ५० वटा उजुरीको मिटरव्याज आयोगले सुक्ष्म अनुसन्धान गरी कार्बाही अगाडि बढाएको सोर्त बताँउछ।

चौलागाईंले दिएको उजुरी पछि विभिन्न राजनीतिक दलहरुको आडमा गुण्डागर्दी र अपराधिक कर्ममा संलग्न ब्यक्तिहरु लगाई उल्टै मार्ने, काट्ने जस्ता धम्की दिइएकाले आफु सदस्यहरुमाझ आएर छलफल गर्न नसकेपनि संचालक र केही कर्मचारीहरु मार्फत आफ्नै निर्देशनमा पिडित बचतकर्ताहरुको बचत दिनरात खटिएर फिर्ता गरिरहेको अध्यक्ष चौलागाँइले बताएका छन्।

देउराली सहकारीमा विभिन्न शिर्षकमा बचत रकम ८५ प्रतिशत फिर्ता भइसकेको र बाँकी रकम छिट्टै नै फिर्ता गरी संस्था पहिलाकै अवस्थामा फर्काउने प्रतिबद्धता प्रेश विज्ञप्तीमा उल्लेख छ।