डिजेल,मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौं। भारतबाट डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ।

इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १६ पैसाले बढेको छ। मट्टितेल ५ पैसाले बढेको छ।

यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १६० रुपैयाँले बढेको निगमले जनाएको छ।

यस्तै हवाई इन्धनको मूल्य ५७ पैसाले बढेको छ। यो बढेको मूल्यलाई आधार मान्दा निगमले आगामी १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा गर्नेछ।

गत १५ दिनमा भने १ अर्ब ६२ करोड रुपैयाँ नाफा गरेको थियो।