पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं। पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको सोमबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ ,६ र ५ रुपैयाँले मूल्य मूल्य घटाएको हो।

मूल्य घटेसँगै अब पेट्रोल १६७.५ देखि १७० रुपैयाँ प्रतिलिटरमा पाइने भएको छ। निगमद्वारा जारी विज्ञप्तिअनुसार पहिलो वर्गअन्तर्गत चारआली, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज,भलवारी, नेपालगञ्ज र धनगढी पर्दछ।

दोस्रो वर्गमा सुर्खेत र दाङ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा तथा दिपायल रहेका छन्।