माओवादीहरू छिट्टै एकठाउँमा आउँने प्रचण्डको दाबी

फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीहरू छिट्टै एकतामा आउने बताएका छन्। माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादीहरू छिट्टै एकैठाउँमा आउने र ०६४ को भन्दा शक्तिशाली पार्टी बन्ने दाबी गरेका हुन्।

पार्टीका अध्यक्ष समेत रहेका उनले उनले माओवादी विभाजित हुँदा आन्दोलन र त्यसले स्थापित गरेको व्यवस्था नै कमजोर बनेको बताउँदै छिट्टै एउटै पार्टी बन्ने बताए।

‘हेर्दै जानुहोला सबै माओवादीहरू एउटै केन्द्रमा आउँछन् सबै संगठनहरू एउटै केन्द्रमा बन्नेछन्। र, पहिलाभन्दा धेरै परिपक्व हुन्छ,उनले भने, ‘एकता भएपछि हामी ०६४ को भन्दा बलियो हुन्छौं। र एउटा नयाँ परिस्थिति बन्छ।

अध्यक्ष प्रचण्डले पार्टी र नेतृत्वविरूद्ध घेरा हाल्ने, भ्रम फैलाउने र सखाप पार्ने सामन्ती प्रवृत्ति अझै कायम रहेको र त्यसकाविरूद्ध पार्टी निरन्तर लडाइँमै रहेको बताए।