राष्ट्रियसभा बैठक आज पनि बस्दै, अवरोध गर्ने एमालेको अडान

फाइल तस्वीर

काठमाडौं।राष्ट्रियसभा बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो।

यसअघि हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजेलाई बोलाइएको थियो।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो।

भारतले नेपालको प्रधानमन्त्री बनाउने अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।