भोली देशैभरका स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबार घेर्ने तयारीमा

काठमाडौं। देशैभरका स्थानीय तहका जनप्रतिनिधिहरूले भोलि (शुक्रबार) सिंहदरबार घेर्ने कार्यक्रम बनाएका छन्।

 नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाका अनुसार सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको विरुद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेका हुन्।

 सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने उनले बताए।

 त्यसका लागि नगरपालिका संघले बिहीबार उपत्यकामा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौँमै बस्न र शुक्रबार १० बजेसम्म देशभरिका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौं आउन आह्वानसमेत गरेको छ।

यसैबीच बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले स्थानीय तहमा कटौती गरेको वित्तीय सम्मानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत रकम हस्तान्तरण गने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन्।