आजको मौसम: यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति पनि सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
मधेस प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।