शिवम् सिमेन्टको ठगी धन्दाको पर्दाफास: गुणस्तरहिन सिमेन्ट विक्री गर्दै यसरी ठगीको शिकार बन्छन् उपभोक्ता
काठमाडौं।शिवम् सिमेन्टले गुणस्तहिन सिमेन्ट उत्पादन गरेर उपभोक्ता ठगी गर्दै आएको खुल्न आएको छ। बजारमा रहेको सिमेन्ट पछिल्लो समय आकर्षक विज्ञापन गरेर विक्री वितरण गर्दै आएपनि गुणस्तहिन भएको खुलेको हो।
अधिक प्रचार प्रसारका कारण शिवम् सिमेन्ट जर्वजस्त ढंगबाट परिचित व्राण्डको सिमेन्ट बने पनि गुणस्तहिन सिमेन्ट विक्रि वितरण गरेको एकजना उपभोक्ताले बताए।
सो उद्योगले ‘करोडौको विभिन्न सोसल मिडिया र अनलाइन न्युज पोर्टलहरूमा विज्ञापन गरेर सर्वसाधारण जनताहरूलाइ शिवम् सिमेन्टले नयाँ ठगीधन्दा अगाडी सारेको ति उपभोक्ताले जनाएका छन्। विज्ञापनमा आकर्षक योजना सार्वजनिक गरी गुणस्तहिन सिमेन्ट विक्री वितरण गरिरहेको उपभोक्ताको दाबी छ।
शक्ति र पैसा भएपछि देशमा विद्यमान कानुनलाई समेत हातमा लिई शिबम् सिमेन्टले गुणस्तरहिन बस्तुको उत्पादन गरी उपभोक्तालाई ठगी गर्दा समेत सरकारले कारबाही गर्न सकेको छैन।
पटक-पटकको चेक जाँचबाट गुणस्तहिनत बस्तु उत्पादन गरी बिक्री वितरण गरेको भन्दै सरकारी निकायबाटै कारबाहीको माग गरिदाँपनि कारबाही नहुदाँ उपभोक्ताहरु गुणस्तहिन सिमेन्ट खरिद गर्न बाध्य भएका छन्।
सरकारी ऐन कानुनले समेत नछुने शिबम् सिमेन्टका मालिकलाइ उपभोक्ताहरूले गरेको कारबाहीको मागले के सुनुवाइ हुन्थ्याे होला र।
स्वदेशी सिमेन्ट उत्पादन भन्दै सरकारसंग समेत सहुलियत लिदै गुणस्तहिन सिमेन्ट उत्पादन गरि उपभोक्तालाइ ठगी गर्ने सिवम् सिमेन्टलाइ कारबाही गर्न जरूरी देखिन्छ।
पटक-पटक सरकारी नियकाबाट गुणस्तहिन भनी प्रमाणित भएपनि कारबाहीका लागि सम्बन्धित निकाय समक्ष सिफारीस हुदै आएको शिवम् सिमेन्ट पछिल्लो समयमा समेत गुणस्तरहिनमा सुधार नगरेको पाईएको छ।
सो सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट गुणस्तरहिन भएको भन्दै गुणस्तर तथा नापतौल विभागले केही बर्ष अगाडि पत्र पठाई कारबाहीको प्रकृया समेत अगाडि बढाएको थियो। ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा मात्राभन्दा बढी म्याग्नेसियम देखिएको उपभोक्ताहरूले गुनासो गरेका छन्।
अधिकतम पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्छ तर त्योभन्दा बढी भएकाले सो सिमेन्ट गुणस्तरहिन भएको देखिएको स्रोतले जनाएको छ।
पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरहिन मानिँदै आएको छ।उपभोक्ता भन्छन् यसरी उत्यादन गर्ने सिमेन्ट उद्योगको इजाजतपत्र समेत खारेज गरिनु पर्छ।
केही बर्षअघि लगानीकर्ताहरुलाई मुर्ख बनाउन कम्पनीहरुले प्राथमिक शेयर बिक्री गर्ने र प्रिमियम थपेर लगानीकर्ताबाट पैसा थुत्ने काम समेत गरेर शिवम सिमेन्ट नामको कम्पनीबाट ठगीधन्दाको कार्य सुरु गरिएको थियो।सेयरको नाममा ठगीधन्दा चलाएको आरोप सो कम्पनीमाथी लागेको थियो।
पटक-पटक गुणस्तरहीत सिमेन्ट उत्पादन गरेको भन्दै सरकारले समेत कारवाही गरिसकेको सो उद्योगबाट पछिल्लो पटक बजारमा पठाएको सिमेन्ट पुनः गुणस्तहिन भेटिएको छ।
जसमा शिवम् सिमेन्ट गुणस्तरहिन उत्पादनको पहिलो नम्बरमा पर्ने कम्पनीका रुपमा परिचित हुँदै आइरहेको छ। कम गुणस्तरको सिमेन्ट उत्पादन गर्दै बजारमा पठाएको अभियोगमा सो कम्पनीलाई पटक-पटक कारबाही परेपनि कुनै पनि सुधार नगरेर अहिले पनि उही स्थितिमा रहेको पाइएको छ।
आफ्नै ढुङ्गाखानी रहेको दावी गरेर प्रचारवाजी गरेर ग्राहकलाई भ्रममा पार्दै आएको शिवम् सिमन्ट उद्योगका कर्तुतहरु एकपछि अर्को गरी बाहिर आउने क्रम जारी रहेको छ।५० किलोको बोरामा ४८ किलो मात्र सिमेन्ट रहेको भेटिएको एक उपोभक्ताले बताएका छन्।
सिमेन्ट उत्पादन गरेको विषयमा विवादीत सो कम्पनीबाट उत्पादीत शिवम् सिमन्टले सिमेन्ट बनाऊने किल्ङकर भारतबाट ल्याउने गरेको छ।
भारतबाट कमसल कच्चा पदार्थ ल्याई नेपालमै उत्पादन गरेको भनी ग्राहकलाई झुक्याउने शिवम्को भ्रमपूर्ण बजार नीतिका कारण उपभोक्ताहरुले दुःख पाइरहेको स्रोतले बताउ छ। शिवम् सिमन्टको पछिल्ला केहि घटनाहरुले यी दुवै वस्तुप्रति शंका उब्जाएको छ।
‘क्वालिटीको मामलामा नो कम्परमाइज’ यो नारा शिवम् सिमेन्टको हो। उसले करोडौ रुपैयाँ विज्ञापन र वजार प्रवद्र्धनमा खर्च गरेको पाईन्छ। तर, उसकै उत्पादनमा कमजोरी भेटिरहेको छ।
शिवम् सिमन्ट कम्पनीहरुबाट कमशल सामानको उत्पादन गरेर उपभोक्तालाई ठग्ने कार्य बढ्दो रहेको छ। उपभोक्ता ठगी गर्ने कार्यमा पनि नयाँ–नयाँ तरिका उद्योग र व्यापारीले अपनाएको भेटिदै आएको पाइन्छ।
केही समय पहिले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागद्वारा गरिएको अनुगमनका क्रममा व्यापारीले सिमेन्टमा व्यापक ठगी गर्ने गरेको प्रतिवेदन सरकारलाई बुझाएको थियो।
सो प्रतिवेदनका आधारमा सरकारले कारबाही नगर्दा ठगी कार्यमा समेत तीव्रता आएको हो। विभागको अनुगमन टोलीले राजधानी लगायत देशका विभिन्न स्थानमा गरेको अनुगमनबाट व्यापारीहरुले सिमेन्टमा ठगी गर्ने गरेको पाइएको प्रतिवेदन तयार गरेको थियो।
सोही अनुसार शिवम् सिमन्टले ५० किलोग्राम हुनुपर्ने बोरामा ८ किलो कम तौल राखेर बिक्री गरेको समेत भेटिएको थियो।
उपभोक्ताहरुलाई लोभ देखाउँदै विभिन्न उपहारहरु दिने घोषणा गरेर बजारमा आएका सो सिमेन्ट खरिद गर्ने उपभोक्ता सुरुका दिनदेखि नै ठगिँदै आएको गुनासो समेत उपभोक्ताहरु गरिरहेका छन्।
गोयल समूहद्वारा उत्पादित शिवम् सिमेन्ट खरिद गर्नेहरु यसरी ठगिनु परेको छ। विभागले गरेको अनुगमनपछि शिवम् सिमेन्टको ठगी धन्दा बाहिर आएको थियो। शिवम् सिमेन्टको कर्तु बारे थप रिपाेर्टङ गरेर समाचार फेरि प्रककाशन गरिने छ।