सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं। सरकारले सार्वजनिक सवारीको भाडा घटाएको छ। पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु भएसंगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा घटाएको हो।

यातायात व्यवस्था विभागका अनुसार आजदेखि लागू हुने गरी यात्रुबाहक सवारी साधनको भाडा २.१३ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.७८ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ३.०९ प्रतिशतले घटाएको छ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था रहेको छ।