युट्युब र टिकटकले आम्दानी कर तिर्नुपर्ने
काठमाडौं। सोमबार नयाँ आर्थिक वर्ष सुरु भएसँगै विभिन्न वस्तु तथा सेवामा नयाँ कर कार्यान्वयन हुँदै छ। आर्थिक ऐन २०८० ले सोमबारदेखि तीनवटा नयाँ कर सुरु गरेको छ भने विद्यमान करका दरमा पनि धेरै नै फेरबदल गरेको छ।
नेपालमा युट्युब, टिकटकलगायतबाट हुने आम्दानीमा पनि साउन १ देखि कर लगाइएको छ।
व्यवसाय सञ्चालन नगर्ने प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर,वा यस्तै विद्युतीय सेवा उपलब्ध गराएवापत वा नेपाल बाहिर परामर्श सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री अपलोड गरेवापत विदेशी मुद्रामा भुक्तानी प्राप्त अब ५ प्रतिशत कर तिर्नुपर्ने भएको छ।
यसअघि त्यसरी पैसा प्राप्त गर्दा एक प्रतिशत कर तिरे पुग्थ्यो। त्यस्तो रकम भुक्तानी हुँदा बैंकले नै ५ प्रतिशत कट्टा गरी भुक्तानी गर्छ।