महिला विश्वकप फुटबलको आजबाट सुरु हुँदै
काठमाडौं। महिला विश्वकप फुटबलको नवौं संस्करण बिहीबारबाट अष्ट्रेलिया र न्युजिल्याण्डमा सुरु हुँदैछ।
३२ राष्ट्र सहभागि विश्वकपको उद्घाटन खेलमा बिहीबार न्युजिल्याण्डले नर्वेसँग खेल्दा अष्ट्रेलियाको भिडन्त रिपब्लीक अफ आयरल्याण्डसँग हुनेछ।
प्रतियोगिताको समुह ‘ए’ मा न्युजिल्याण्ड, नर्वे, फिलिपिन्स र स्विट्जरल्याण्ड छन् भने समुह ‘बि’ मा अष्ट्रेलिया, क्यानाडा, नाइजेरिया र आयरल्याण्ड रहेका छन्।
यसैगरि समुह ‘सि’ मा जापान, स्पेन, कोष्टा रिका र जाम्बिया, समुह ‘डि’ मा चिन, डेनमार्क, इंग्ल्याण्ड र हाइटी, समुह ‘ई’ मा नेदरल्याण्ड्स, अमेरिका, पोर्चुगल र भियतनाम, समुह ‘एफ’ मा ब्राजिल, फ्रान्स, जमैका र पानामा, समुह ‘जि’ मा अर्जेन्टिना, इटाली, दक्षिण अफ्रिका र स्विडेन तथा समुह ‘एच’ मा कोलम्बिया, जर्मनी, दक्षिण कोरिया र मोरक्को रहेका छन्।
यस पटकको विश्वकप फुटबलमा अमेरिका लगातार तेस्रो तथा समग्रमा पाँचौ उपाधिमो खोजीमा छ। अमेरिकासँगै स्विडेन, जर्मनी, फ्रान्स, नेदरल्याण्ड्स र इंग्ल्याण्डलाई पनि उपाधि दावेदारको रुपमा हेरिएको छ।
अहिलेसम्म अमेरिकाले चार पटक, जर्मनीले दुई पटक तथा जापान र नर्वेले एक एक पटक महिला विश्वकप फुटबलको उपाधि जितेका छन्।