सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानमा कांग्रेसले साथ दिने

काठमाडौं । नेपाली कांग्रेसले सरकारले थालेको भ्रष्टाचारविरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय समितिको बैठकको निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारमा कोही दोषी नउम्किऊन्, कोही निर्दोष नफसून् भन्ने नीति लिएको बताए।

यस्तै अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको उनले बताए।

महामन्त्री शर्माले जनप्रतिनिधिलाई इमानदारीपूर्वक जनताको काम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न पार्टीले निर्देशन दिने बताए ।