अवैध सुन गाल्दा प्रत्यक्ष प्रसारण गर्ने तयारी

फाइल तस्बिर

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन गालेको ‘प्रत्यक्ष प्रसारण’ गर्ने तयारी गरिएको छ। साउन ३ मा साँझ त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट करिब १ सय किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।

राजस्व अनुसन्धान विभागले बरामद ८ पोका सुन राष्ट्र बैङ्कको टक्सार महाशाखामा पठाएको छ। गालेपछि मात्रै सुनको परिमाण तौलिन मिल्छ।

यसरी सुन गाल्दै गर्दा राजस्व अनुसन्धान विभागले प्रत्यक्ष प्रसारण गरेर सुन गाल्ने र तौलिने तयारी गरेको हो। यसबारे औपचारिक निर्णय भने भइसकेको छैन। यद्दपी, ‘प्रत्यक्ष प्रसारण’ गरेर सुन गाल्नेबारे छलफल भइरहेको छ।

असार ३० मा हङकङबाट क्याथे प्यासेफिकको उडान मार्फत मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन ल्याइएको थियो। यसमा संलग्नको आशंकामा पक्राउ पर्ने क्रम जारी छ भने खानतलासीको कार्य पनि भइरहेका छन्।