दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको मृत्यु
काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यमा दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको मृत्यु भएको छ।
बिहीबार शेर गण (शान्ति सेना)बाह्रौँ डफ्फामा कार्यरत अमल्दार राम बहादुर बाँठाको मृत्यु भएको हो ।
जाजरकोटको खलंगा गाउँपालिका ६ घर भएका अमल्दार बाँठा स्थानीय रुम्बेकस्थित गण हेर्डक्वार्टमा झुण्डिएको अवस्थामा शव फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उक्त घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ। शव पोष्टमार्टमपछि नेपाल ल्याउने जनाइएको छ।