कोशी प्रदेशबारे बाबुराम भट्टराईको टिप्पणी – मध्यावधिमा जानु नै उपयुक्त
काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेशमा सरकार निर्माणमा जटिलता देखिएको भन्दै मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने टिप्पणी गरेका छन्।
कोशी प्रदेश सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत मध्यावधि निर्वाचनको विकल्प सुझाएका हुन्।
भट्टराईले राप्रपातर्फ संकेत गर्दै घोषित रूपमा गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्ट्याएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा मध्यावधिमा जानुपर्ने सुझाव दिए।
१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र,सङ्घीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तर्वस्तु स्विकार्ने शक्तिहरू मिलेर सरकार बनाउने,नत्र मध्यावधिमा जाने विकल्प स्विकार्नु उपयुक्त होइन र?
उनले भनेका छन्, ‘यस्तै सत्तालिप्साले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने।