माओवादीले ग-यो केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको हो।
पार्टी भित्रकै नेताहरुले बैठक लाइभ नगर्न दबाब दिएपछि केन्द्रीय समिति बैठक लाइभ नगर्ने बताइएको छ।
केन्द्रीय कमिटी बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। पाँच दिनसम्म चल्ने बैठकमा सरकारका कामको समीक्षालगायतका विषयमा छलफल हुने जनाइएको छ।